NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

शिक्षकको लागि छुट्टै अस्पताल बन्छ – शिक्षा मन्त्री पौडेल

1 Mins read

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षकहरूको उपचारका लागि छुट्टै अस्पतालको निर्माण गर्ने बताएका छन् । बागलुङको बलेवास्थित गणेश माध्यामिक विद्यालयको ४१औँ वार्षिकोत्सव मूल समारोहको उद्घाटन गर्दै मन्त्री पौडेलले शिक्षकहरू बिरामी पर्दा उपचारमा सहजताका लागि नेपाल सरकारले शिक्षक अस्पताल निर्माण गर्ने योजना बनाएको बताएका हुन्।

उनले मन्त्रिपरिषदबाट निर्णय गराएर तत्काल कार्यान्वयनमा लैजाने जानकारी दिए । पौडेलले सामुदायिक विद्यालयको शिक्षा सुधारका लागि मन्त्रालय छुट्टाछुट्टै कार्ययोजनाका साथ अगाडि बढेको बताउँदै शिक्षा क्षेत्रको सुधार हुनेमा अभिभावक, शिक्षक र विद्यार्थीलाई ढुक्क हुन आग्रह गरेका थिए ।

उनले भने, ‘लामो समयदेखि अल्झिएको शिक्षा ऐनलाई मन्त्रालयले अगाडि सार्ने योजना बनाएको छ। यही ऐनमा टेकेर मन्त्रालय र विभागले शिक्षकको दरबन्दी पदपूर्तिका लागि १८ हजार दरबन्दीमा तत्काल शाेधभर्ना गर्ने गरी योजना अगाडि बढाएका छौँ । ऐन आएसँगै नेपालको शिक्षा क्षेत्रको विकासमा सहज हुनेछ ।’

उनले सम्पूर्ण सेवा निवृत शिक्षकको हितका लागि हरेक ठाउँमा पुस्तकालयको व्यवस्थापन गर्ने बताए । पौडेलले समाजवादउन्मुख राज्य प्रणाली स्थापनाका लागि शिक्षा क्षेत्रबाट गर्नुपर्ने शैक्षिक सुधार, आवश्यक जनशक्ति उत्पादन र नीतिगत सुधार गर्न आफ्नो तर्फबाट सकेको काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *