महिला साना किसान कृषि सहकारी सस्था बेलका नगरपालिका -९ को दशौ साधरण सभाबाट अध्यक्षमा सस्थाकी उपाध्यक्ष कल्पना राउत(बिष्ट ) निर्वाचित भएको छिन । २०६९ सालमा स्थापन भएको महिला साना किसान कृषि सहकारीको बहालवाला अध्यक्ष कमला सुबेदीको असामयिक निधन भयपछी अध्यक्ष पद खालि भयपछी सस्थाको उपाध्यक्ष कल्पना राउत (बिष्ट ) लाई दशौ साधरण सभाबाट अध्यक्षमा निर्वाचित गरेको हो ।
बेलका नगरपालिका कार्यक्षेत्र रहेको सहकारीमा अहिले ९२३ जना महिला सदस्य रहेको छ्न ।
दशौ साधरणसभा बाट उपाध्यक्षमा सस्थाकी सदस्य मनकुमारी राई(घिमिरे) निर्वाचित भएको हुन । उपाध्यक्ष कल्पना राउत (बिष्ट) अध्यक्षमा निर्वाचित भयपछी उक्त पदमा राई निर्वाचित भएकि हुन र अध्यक्ष कमला सुबेदिको स्थानमा उक्त समुह बाट डम्बर कुमारी खड्का निर्वाचित भएको हुन ।
बेलका नगरपालिकामा महिलाहरुले संचालन गरेको सबैभन्दा ठुलो र सबैभन्दा महिला सहभागी भएको एक मात्र सहकारी हो ।
यश आर्थिक बर्षमा यश सहकारीले जम्मा पाँच करोड नब्बे लाख रुपैया कर्जा लगाएको छ । भने यश सहकारीले लघुकर्जा ,पशुपालन,तरकारी खेती,पुनःउत्थान ,स्वालम्बन गरि विभिन्न शीर्षकमा ऋण लगानी गर्दै आएको हो ।
नेपाली युवाले इजरायलले प्रयोगमा ल्याएको प्रविधि सिक्नका लागि गएको हुन ।युवाले १० महिना इजरायलमा बसेर त्यहाँ प्रयोग गरिएका प्रविधि बारेमा सिक्ने अवसर पाउने छन्, यसबाट नेपालको कृषिमा अत्मनिर्भर हुने अभिलासा साकार हुनेछ, तर यश सहकारीबाट इजरायलमा कृषि परिक्षार्थिको लागि अहिलेसम्म दस जना इजरायल गयर आइसकेको छ्न भने जुन उदेश्यको लागि युवाहरु इजरायल गय त्यो आयर आफ्नो ठाउँमा उपयोग गरेको पाइएको छैन र पैसा कमाउनको लागि मात्र गएको देखीएको छ र यश सस्था प्रती आम जनसमुदायको गुनासो आउदै गरेको पाइएको छ ।
यश आर्थिक बर्ष ०७७/७८ सम्मा यश सहकारीको कुन सेयर पुजी ६१६६५०० रहेको छ भने लगानी र ५६५७९६८२ रुपैया लगानी गरेको हो । यश सस्थाले खुद नाफा १९२२४७४/४ रुपैया खुद नाफा कमाएको हो ।
महिला साना किसान कृषि सहकारीमा अहिलेसम्म अध्यक्ष ,उपाध्यक्ष गरि ९ जना कार्यसमिति रहन्छ्न भने तीन जनाको लेखा समिति रहेको छ भने कर्मचारी ४ जना छ्न।
यश सस्थाको भवन करिब एक करोडको लगानिमा जापान सरकारको सहयोगमा निर्माण भएको छ ।
१० औ साधरणसभाबाट विभिन्न कृषक तथा सेयर सदस्य सम्मानित भएको छ्न जस्मा सक्रिय कृषकमा रेनुका राई, कल्पना राई ,सुस्मि राई छ्न भने अन्तर समुहबाट बालकुमारी फुयल त्यसैगरी गाइपालन बाट राधा बस्नेत ,सक्रिय सेयर सदस्यबाट सरस्वती बस्नेत ,उत्कृष्ट कर्मचारीमा दिपन पान्डे, सस्था बचतमा सङ्करवली चौधरी ,बाल बचतमा अन्सु फुयल ,सेयर सदस्यमा टीका अधिकारिलाई संमान गरेको हो ।
त्यसैगरी स्वर्गीय अध्यक्ष कमला सुबेदिको इन्स्योरेन्स बापत ५५ हजार रकम उहाको श्रीमान जय सुबेदिलाई हस्तान्तरण गरिएको छ ।
महिला साना किसान् कृषि सहकारीले विभिन्न शीर्षकमा ९% देखि १४% सम्म ऋण लगानी गर्दै आएको छ भने बचतमा ७%देखि १०% सम्म गर्दै आएको छ।
बेलका नगरपालिका -९ मा रहेको यश सहकारीको दशौ सभामा प्रमुख अतिथि बेलका नगरपालिका उपप्रमुख राजकुमारी चौधरीको प्रमुख आतिथ्यमा ,सहकारी अभियन्ता माया ओलि कोइराला ,पुष्प सुवेदी,भरत घिमिरे ,कमला सेढाई लगायत ब्यक्तीहरुको उपस्थित रहेको हो।
