ध्रुब प्रसाद कोइराला रेडक्रस अभियानका अनुभवि र उत्कृष्ट स्वयंसेवक र उत्कृष्ट उपशाखा बनाउन अहम भुमिका खेलेका ब्यक्ति हुन । उदयपुर जिल्लामै छोटो समयमा जिल्लामै उत्कृष्ट उपशाखाको रुपमा स्थापित गराउन सफल कोइरालाले रेडक्रसका हरेक गतिविधिमा स्वयम् उपस्थित भइ कार्य सम्पादनमा अग्रणि भुमिकामा हुन्छन हरेक बिपत्तिमा भौतिकरुपमा उपस्थित भइ रेडक्रस को जहाँ बिपद त्यहा रेडक्रस भन्ने युक्ति साबित गरेकाछन । 
कोभिड १९ को महामारीमा उपशाखाको सुरक्षित अावास भवन नै बेलका नगरपालिकालाई हस्तान्तरण गरि अाफु कोभिड प्रतिकार्यमा खटिन्थे सबैलाई कोभिडको बिषयमा जानकारी गराउन उद्दत भइ बेलका नगरपालिकामा रेडक्रसको तर्फबाट खेल्नुपर्ने भुमिका स्वयंसेवकका रुपमा खेले जहिल्यै पनि अागोलागि बाढीपीडित र खहरेखोलाबाट
पहिलोपटक नेपाल रेडक्रस सोसाइटी को कोशी बेशिन परियोजना अन्तरगत सामुदायिक बिपद ब्यबस्थापन समिति तत्कालीन तपेश्वरी गा बि स वार्ड नं १ संयोजक को रुपमा बिपद ब्यवस्थापन को बिषयमा प्रवेश गरे त्यहीँबाट रेडक्रस यश तपेश्वरीमा भित्राउनुपर्छ भनि लागेका कोइराला तत्काल ६२ जना आजिबन सदस्य बनाएको छ्न । न नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उदयपुरमा तपेश्वरी वार्ड नं १ देखि ९ सम्मका ब्यक्तिहरु समेटी उपशाखा स्थापना गर्न अहम भुमिका खेलेका कोइराला तपेस्वरी क्षेत्रमा एक चिरपरिचित नाम हो
विद्यार्थी जिवनमा रेड्क्रसको बारेमा बुझ्ने मौका पाएको र अहिले रेडक्रसलाई आफैले नेतृत्व गरेर सबै जनताको रेड्क्रस बनाउन लागिपरेको बताय । बेलका नगरपालिकाको बाढी तथा जंगली जनावरले गर्ने क्षती उच्च भएको ठाउँ हो जहाँ हजारौं जनता दुख सग बसिरहेको छ्न भने कहि कतै क्षती तथा बाढिपिडित जनता लाई राहत तथा सहयोग पुर्याउन आफै खटिने गरेको छ्न कोइराला ।
सामाजिक सेवामा लागेसगै कोइराला लाई विभिन्न संघ सस्थाले सम्मान समेत गरेको छ । जिल्लामै उपसाखा हरुमा चलायमान उपसाखा बनाएको हुदा विभिन्न समयमा विभिन्न ठाउँ सामाजिक ब्याक्तीले प्रशनसा समेत गर्ने गरेको छ्न।
नेपाल रेडक्रस सोसाइटीले विपद्को समयमा पीडित व्यक्तिहरूलाई राहत वितरण, आपत्कालीन प्राथमिक उपचार प्रदान गर्नुको साथै एम्बुलेन्स, रक्तसंचार सेवा, आँखा उपचार र पारिवारिक सम्पर्क पुनःस्थापनाजस्ता सेवाहरू प्रदान गर्दै आइरहेको छ । यसैगरी नेरेसोले पिछडिएका समुदायहरूमा विपद् जोखिम न्यूनीकरण, खानेपानी सरसफाइ अभियान, सडक सुरक्षा र आपत्कालीन स्वास्थ्यमा सहयोग प्रदान गर्दै आएको छ ।
उल्लिखित सेवाहरूको साथसाथै, नेपाल रेडक्रस सोसाइटीले जुनियर र युवा सदस्यहरूलगायत देशभरि ठूलो सञ्जाल भएका आफ्ना कर्मचारीहरू र स्वयंसेवकहरूलाई परिचालन गरी अहिंसा, भेदभावरहित र शान्तिको संस्कृतिलाई सुदृढीकरण गर्दै लैंगिक समानता र सामाजिक समावेशीकरणलाई प्रोत्साहित गर्दछ । यी गतिविधिहरू अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रस अभियान र नेपालमा मानवीय सेवामा संलग्न संघ–संस्थाहरूको साझेदारीमा सञ्चालित हुन्छन् र तपेस्वरी उपसाखामा कोइरालाको नेतृत्व टिमले गर्दै आएको छ
रेडक्रसका सिद्दान्त र मानवीय कानुनको व्याख्या गर्दै आज हरेक देशका राष्ट्रिय सोसाइटी परिस्कृत र परिमार्जित भएका छन् । सबै सम्प्रदायको भावनालाई आत्मसम्मान गर्दै विभिन्न नाम र पद्दतिबाट एउटै उद्देश्यका साथ मानवीय सेवा नामले रेडक्रस परिचित रहेको छ । मानवले मानवीय व्यवहार गर्न नसक्दा विश्वमा बढ्दै गएको अशान्तिलाई शान्तिमा परिणत गराउन रेडक्रसकर्मीहरू क्रियाशील रहेका छन् ।खहरे खोलाबाट अाहात भएका समुदायको उत्थानका निमित पहल कदमी गर्ने र जिबिकोपार्जनका सबाल उनको पहिलो प्राथमिकता रहने सम्बन्धित निकायमा ध्यानाकर्षण गरि अाहात भएका समुदायको पक्षमा उभिने स्वभावका कारण नै अाज पनि रेडक्रस जस्तो मानविय संस्थामा पुन : दोस्रो कार्यकालका लागि अाजिवन सदस्यहरु मार्फत सर्वसम्मत सभापतिमा चयन भएकाहुन
ने रे सो उपशाखा तपेश्वरी दोश्रो अधिवेशन बाट नयाँ कार्य समिति चयन भएको छ। जस अन्तर्ग दुई बर्ष कार्यकालका लागि कार्यसमिती तपशिल बमोजिम रहेका छन ।
तपसिल
सभापति :-धुर्ब प्रसाद कोइराला
उपसभापति :-शोभा श्रेष्ठ
सचीव :-पदम राज तामाङ
स-सचीव :-दिल बहादुर बिस्ट
कोषाध्यक्ष :-लछुमन थापा
उपकोषाध्यक्ष:-मनोज यदव
सदस्य महिला :,निर्मला खत्री न्यौपाने
सदस्य खुल्ला:,प्रेमबहादुर दाहाल ,निलराज कोइराला, दिनेश्वर प्रसाद चौधरी, गियानाथ कटेल
