नेकपा एमालेको देश व्यापि रुपमा तीन महिने पार्टी संगठन विस्तार तथा पार्टी प्रवेश अभियान कार्यक्रममा घोषणा गरि विभिन्न भातृ संगठन मोर्चा हरु बिस्तार गरिएको छ ।त्यसैगरी गरि बेलका नगरपालिकाको ६ न:वडा कमिटीले टोल कमिटी कार्यक्रम आयोजना गरि लामिडाडामा सम्पन्न गरि नेपाली काङ्ग्रेस र माओवादी केन्द्रका सदस्य हरु ३८ जना प्रवेश गरेका हुन। कार्यक्रममा प्रमुख अथिती प्रदेश कमिटीका सदस्य दुर्गा कुमार थापा, नेकपा एमाले उदयपुर अध्यक्ष प्रमेशोर घिमिरे ,उप सचिव भरत थापा लगाएत भूगोलका जिल्ला कमिटीका सदस्य तथा नगर अध्यक्ष गणेश बस्नेत उप सचिव हिराजंग राई नगर कमिटी को नेता तथा कार्यकर्ताहरु को उपस्थिति भएर नव प्रबेशिका हरुलाइ धन्यवाद तथा स्वागतसमेत गरेका हो। साथै भर्खरै मात्र नवनिर्वाचित उपल्लो कमिटीमा जिम्मेवारी पाउने नेता हरुलाइ कदर पत्र सहित प्रदान गरिएको छ।
नेपाली काङ्ग्रेस र माओवादी केन्द्र परित्याग गरि ३८ जना एमालेमा प्रवेश
