NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का पर्न सफल

1 Mins read

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले कार्यसम्पादन समिति गठन गरेको हो । बैठकमा सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई प्रस्ताव पेस गर्न लगाएका थिए । उनले कार्यसम्पादन समितिका पदेन र सभापतिबाट मनोनितको नाम बैठकमा पेस गरेका थिए । बैठकले सर्वसम्मत रुपमा प्रस्ताव पारित गरेको छ ।

४६ मध्ये सभापति देउवाले ३५ जनालाई समेटेका छन् भने ११ जनालाई पछि मनोनयन गरिनेछ । बैठकमा सभापति देउवाले कोडिभका कारण भर्चुअल बैठक बस्नुपरेको बताएका थिए । बैठकमा महामन्त्री गगन थापाले कार्यसम्पादन समितिको नाम पढेर सुनाएका थिए । पछिल्लो समय परराष्ट्रमन्त्री खड्काले नेपाली कांग्रेसमा बलियो पकड /उपस्थित र निर्णायक भुमिकाको जिम्मेवारी बहन गरिरहेको छ्न ।

केन्द्रीय कार्यसम्पादन समिति यस्तो छ –
शेरबहादुर देउवा – सभापति
रामचन्द्र पौडेल – वरिष्ठ नेता
पूर्णबहादुर खड्का – उपसभापति
धनराज गुरुङ – उपसभापति
गगन थापा- महामन्त्री
विश्वप्रकाश शर्मा महामन्त्री
फरमुल्लाह मन्सुर – सहमहामन्त्री
भीष्मराज आङदाम्बे – सहमहामन्त्री
उमाकान्त चौधरी- सहमहामन्त्री
महेन्द्र यादव – सहमहामन्त्री
महालक्ष्मी उपाध्याय डिना – सहमहामन्त्री
किशोरसिंह राठौंर- सहमहामन्त्री
बद्री पाण्डे – सहमहामन्त्री
जीवन परियार- सहमहामन्त्री
गोपालमान श्रेष्ठ
प्रकाशमान सिंह
विमलेन्द्र निधि
विजयकुमार गच्छदार
कृष्णप्रसाद सिटौला
डा.शशांक कोइराला
चित्रलेखा यादव
डा.रामशरण महत
अर्जुननरसिंह केसी
डा.प्रकाशशरण महत
सुनिलबहादुर थापा
डा.शेखर कोइराला
बलबहादुर केसी
बालकृष्ण खाण
ज्ञानेन्द्रबहादुर कार्की
उमा रेग्मी
रमेश रिजाल
डा.नारायण खड्का
जीपछिरिङ लामा
एनपी साउद
जीवनबहादुर शाही

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *