आफ्नो गाउँ आफै बनाउ भन्ने उदेश्यले उदयपुर जिल्ला बेलका नगरपालिका वडा नं २ मा स्थानियले करिब १.५ कि मि सडकको थप ट्र्याक साथै स्तर उन्नति गरेका छन ।
आदर्श सामुदायिक वन उपभोक्ता समितिको तर्फ बाट ४ लाख र बेलका नगरपालिका बाट जेसिभी सहयोग भए पछि सडकले मुहार फेरेको छ।
सामुन्ने खहरे खोलाको उचित निकास नहुदा बर्खा याममा सडक जलाम्मे हुने र खहरेको मुहानमा ठुला ठुला पोखरी निर्माण गरि दुवै तर्फ बांध बांधेर खहरेको उचित निकास दिने काम पनि गरिने आदर्श सामुदायिक वनका अध्यक्ष जीवन खतिवडाले बताए।
वडाको टप्पु पट्टीको भागमा तरकारी खेती प्रसस्त हुने हुदा सडक निर्माणले स्थानिय कृषकलाई समेत फाइदा पुगेको छ।
यश अगाडि पनि सामुदायिक बनले उपभोक्ता ग्यास सिलिन्डर समेत बाढिसकेको छ गाउँ बाटो खोलामा काठेपुल पनि निर्माण गरेको हो । साथै आफ्ना अगुवा उपभोक्तालाई पश्चिम् सम्म भ्रमण लगेको हो ।
यश क्षेत्रलाई दिगो रूपमा सुरक्षित बनाउन स्थानीय सरकार देखि माथिका सरकारले दीगो रूपमा योजना बनायर खोला लाई उचित निकास दिनको लागि बजेट माग गरे सामुदायिक बनका सचिव पुरुशोत्तम घिमिरेले ।
