NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

सरकारको निर्णय मन्त्री कार्की द्वारा उलंघन

1 Mins read

उदयपुरको बेलकामा दुधकोशी युवा समाजले प्रथम पुर्णधन राई स्मृति गोल्डकप फुटबल/भलिबल प्रतियोगिता तथा पर्यटन प्रबर्द्धन गर्नको लागि तीन दिने परमपरागत मेला बेलका नगरपालिका- ६ राक्चेमा एक उद्घाटन कार्यक्रम गरिएको हो ।उक्त कार्यक्रमलाई समाजसेवी केसब गहतराजले सामाजिक सन्जालबाट बिरोध गरेको हुन ।उनि भन्छ्न यस्तो अवस्थामा सरकार आफै मानिस जम्मा भयर भेला गर्दै हिड्नु राम्रो होइन । तेस्रो चरणको बिश्वब्यापी ब्यापीरूपमा फैलिएको माहामारी ओमिक्रोनले नेपालमा पनि ठुलो असर पारिरहेको हुँदा सरकारको निर्णय अनुसार २५ जना भन्दा बढी मानिसहरु एक ठाउँमा जम्मा भयर मेला /भेला कार्यक्रम गर्न नमिल्ने भन्ने गरिएको र सोही उदयपुर जिल्ला प्रशासन कार्यलयले जनहीतको लागि गरिएको सार्बजनिक सूचना अनुसार पौष २७ गतेदेखि कुनै पनि सार्बजनिक तथा मेला /भेला /रमाइलो कार्यक्रम गर्न रोक लाएको हो । उक्त सूचनालाई बेवास्ता गरि नेपाली काङ्ग्रेसका उदयपुरको जिल्ला सभापति तथा प्रदेश न १ का भौतिक पुर्वधार मन्त्री हिमाल कार्की द्वारा सरकारले गरेको निर्णय उलंघन गरि उद्घाटन गरिएको हो।कार्यक्रम मा स्थानीय स्तरका विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता सहित उपस्थिति भएको हो।खेलमा विषेशगरि फुटबल,भलिबल,लङ जम्प,हाइ जम र दौड गरि विभिन्न मनोरञ्जनात्मक खेलहरु गराउने गरि नगरपालिका भित्रको लाई मात्र प्राथमिकतामा राखी खेल आयोजना गरिएको हो। उक्त खेलको समाप्त बुधबार क्लबको २१ औ वार्षिक उत्सव एवम् तिहार विषेश कार्यक्रम समापन सहित सोही ठाउँमा गरिने भएको छ ।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *