NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
राजनीति

बबलाको बिकास र समृद्धिको लागि प्रदेश सरकार प्रतिबद्ध छ :-मन्त्री हिमाल कार्कि

1 Mins read

उदयपुरको बेलका नगरपालिका–६ बबला  आहाले स्थित प्रथम स्व.पुरनधन राई स्मृति गोल्ड कप सोमबारदेखि शुरु भएको छ ।
स्व. स्मृति गोल्डकप १ नं. प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीले उद्घाटन गरेका हुन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै मन्त्री कार्कीले बबलाको दुर्गमतालाई मध्येनजर गर्दै आवश्यक विकासका पूर्वाधारहरुलाई प्राथमिकिकरणगरी प्रदेश सरकारले विशेष महत्वकासाथ गुरु योजना तयार गर्ने बताए । बेलकाको बिकास तथा बबलाको बिकासको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताए।

उनले भने, ‘यहाँको खानेपानीको समस्या, सडकबाटो, स्वास्थ्य, शिक्षा लगायतलाई प्रदेश सरकारले विशेष जोड दिनेछ ।’
सर्वसाधारणलाई सेवा सुविधा दिन नेतृत्वले जुनसुकै दलमा आस्था राख्ने नेतृत्वले कञ्जुसाई गर्न नहुने उनको तर्क थियो ।

अर्का वक्ता कांग्रेसका क्षेत्रीय सभापति तथा चौदण्डीगढीका नगर प्रमुख खगेन्द्र राईले बेलकावासीको विकासको लागि आफ्नो क्षमताले भ्याउनेजति प्रदेश र संघीय सरकारलाई घचकचाउँने कार्यमा सहयोग गर्ने प्रतिवद्धता जाहेर गरे ।

सो क्षेत्रमा अवस्थित ऐतिहासिक पर्यटकीय क्षेत्रहरु टोङकला गुफा, सितारानी डाँडा भिरको प्रचार प्रशार र पर्यटन प्रवद्र्धन गर्ने मुख्य उदेश्यसहित कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमा ५ दिने मेलासहित आयोजित फुटबल तथा भलिबल प्रतियोगिताको आयोजना एउटा वाहनामात्र भएको भन्दै मुख्यतः यस क्षेत्रमा ओझेल परेका पर्यटकीय स्थलहरुलाई प्रचारप्रशार गर्ने र आवश्यक विकास निर्माणको लागि नै प्रदेश सरकारको ध्यानाकार्षण गर्ने रहेको आयोजकले जनाए ।

स्व. राईको स्मृतिमै उनका ६ भाई छोराहरुले ७ रोपनी बढी जग्गा समाजको नाममा दान गरेको स्थानीय समाजसेवी तथा क्लवका अध्यक्ष प्रवीन राईले बताए ।
भबिस्यमा लोप हुन लागेका गिद्ध र सितारानीको मूर्ति स्थापना गर्न सबैसंग सहयोगको अपेक्षा गरिएको आयोजकले जनाए ।
कार्यक्रममा आयोजित प्रतियोगितामा प्रथम हुने फुटबल र भलिबल दुवै समूहले २० हजार २ सय २ रुपैयाँ र दोस्रो हुनेले १० हजार रुपैयाँ नगदसहिद ट्रफि र प्रमाणपत्रले पुरस्कृत गरिने छ ।

Related posts
राजनीति

जेनेभाको आजीवन प्रतिवन्धमा परे सुदर्शन र भूपतिलाल, रेडक्रसलाई पनि केही हप्तामै प्रतिबन्ध लाउने चेतावनी

1 Mins read
आवर बेलका/राजनीतिक भागबन्डा र मुद्दा मामिलाबाट थिलथिलो पारिएको नेपाल रेडक्रसका समस्याहरूलाई इमानदारीपूर्वक समाधान नगरे प्रतिबन्धका लागि सिफारिस गर्ने चेतावनीयुक्त पत्र रेडक्रसको अन्तर्राष्ट्रिय…
राजनीति

नेकपा माओवादी केन्द्र बेलका नगरकमिटिको संसदीय दलको बैठक सम्पन्न

1 Mins read
आवर बेलका/असार ८ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र बेलका नगर संसदीय दलको बैठक असार ८ गते सनिवार पार्टी कार्यलय रामपुरमा बसेको हो।।…
राजनीति

नेकपा एमाले बेलकाको अध्यक्षमा हिराजंङ्ग राई अन्य पदमा को निर्वाचित भय?

1 Mins read
नेकपा एमाले बेलका नगरपालिका कमिटीको अध्यक्षमा हिराजङ्ग राई चयन भएका छन्। एमाले नगरपालिका कमिटीको शुक्रबार रामपुरमा सम्पन्न दोस्रो अधिवेशनले राईलाई अध्यक्षमा सर्वसम्मत…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *