NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

सुनसरी-मोरङ सिचाइ आयोजनाले बेलकाको कटान क्षेत्र सहित आवश्यक ठाउँमा स्पर निर्माण गर्ने सहमति

1 Mins read

सुनसरीको चतरा नहरमा पानी भित्र्याउन निर्माण गरिएको ‘स्पर’का कारण कोसी नदीले क्षति गरेको भन्दै आन्दोलित स्थानीयको माग सम्बोधन हुने भनिएको छ । माग सम्बोधन भएपछि कोसीपीडित बेलका नगरपालिकाका केही अगुवावासीले अवरोध खोलेका छन् । भने धेरै मात्राले अहिले पनि बिरोध जनाएको छ्न ।

सुनसरी मोरङ सिचाइ आयोजनाको नहरमा पानी प्रवेश गराउन बनाइएको ‘इन्टेक’मा पानी प्रवेश नभएपछि पानी ‘डाइभर्ट’ गर्न स्पर निर्माणका लागि जलस्रोत तथा सिंचाइ विभागबाट स्वीकृत भएर ठेक्का सम्झौता भई निर्माण व्यावसायीले काम थालेका थिए । 

सुनसरी मोरङ सिचाइ आयोजना अन्तर्गत कोशी नदीमा स्पर निर्माण कार्य विवादित बनेपछि सुनसरी र उदयपुर जिल्ला प्रशासनको ध्यानाकर्षण भएको हो । दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधि, प्रहरी प्रमुखहरु, नेपाली सेना लगायतका प्रशासन र सुरक्षा निकायका प्रमुखसहितको बैठकले स्पर निर्माणलाई विस्तार गर्न सुनसरी मोरङ सिचाइ आयोजनालाई दायित्व दिने सहमति गरेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले जानकारी दिए ।


कोशी कटान पीडित स्थानीयवासीसहितको भेलामा प्रशासन प्रमुखहरुले कोशी नदीको नियन्त्रण गर्ने जिम्मा आयोजनालाई दिएका हुन् । कोशी नदीको दायाँ किनारतर्फको दक्षिण–पश्चिमतर्फ खेतीयोग्य जमिन तथा बस्तीसमेत कटान गरिरहेको निक्र्यौल निकाल्दै सो स्थानमा तत्काल कटान नियन्त्रण र विपद् व्यवस्थापन बारे ठोस प्रस्ताव आयोजनाले जलस्रोत तथा सिंचाइ विभागमा पेश गरी स्वीकृत गर्ने सहमति भएको छ । चालु आर्थिक वर्षभित्रै ठेक्का आह्वान गर्ने गरी अविलम्ब प्रक्रिया अगाडि बढाउने निर्णय भएको सिचाइ आयोजना निर्देशक भिलानन्द यादवले जानकारी दिए । 

यसका लागि आयोजना, स्थानीय सरोकारवाला, राजनीतिक दललगायतले  पहलकदमी गर्ने निर्णय गरिएको छ  । यो निर्णय जिल्ला विपद् व्यवस्थापन समितिबाट सम्बोधन गरी सरोकारवाला कार्यालयमा अनुरोध गर्ने समेत निर्णय भएको आयोजना निर्देशक यादवले बताए । 

‘तत्काल यसै आवमा कटान नियन्त्रणको लागि गर्न सकिने कार्यको सम्बन्धमा सुनसरी मोरङ सिचाइ आयोजनाले तालुक विभागसँग समन्वय गरी प्राविधिक दृष्टिकोणले उपयुक्त कार्य १ महिनाभित्र सुरु गर्ने निर्णय गरियो ।’ निर्णयमा भनिएको छ ।

कोशी नदीको दक्षिण–पश्चिमतर्फ लाहुरे खोज, डुम्रिबोटेलगायतका स्थानमा भारतीय पक्षबाट गर्ने भनिएका नदी नियन्त्रण सम्बन्धी कार्यको सम्बन्धमा सुनसरी मोरङ सिचाइ आयोजनाले आयोजना निर्देशकबाट भारतीय पक्षसँग समन्वय गर्न र भए–गरेका प्रगति, गतिविधिबारे जानकारी गराउने निर्णयसमेत भएको छ । 

आयोजनाको इन्टेकमा पानी डाइभर्ट गरी सुनसरी र  मोरङको ६८ हजार हेक्टर जमिनमा दीगो सिंचाइ सुविधा पुर्याउने उद्देश्यले कोशी नदीको दायाँ किनारमा कोशी पुल दक्षिणपट्टि हाल अवस्थित स्परभन्दा १ सय मिटरको फरकमा २ वटा स्पर निर्माण कार्य हुनेछ । सोका लागि जलस्रोत तथा सिंचाइ विभागबाट स्वीकृत भएर ठेक्का सम्झौता भई निर्माण व्यावसायीले काम थालेका छन् । निर्धारित मितिमै निर्माण कार्य सम्पन्न गर्नुपर्ने भएकाले निर्माण व्यावसायीले तुरुन्त कार्य गर्ने निर्णय भएको छ ।  

कोसी पुल निर्माण भएपछि पुलको पश्चिम–दक्षिण क्षेत्रमा पानी डाइभर्ट गर्न ‘स्पर’ बनाइएको थियो । ‘स्पर’का कारण कोसीले थप क्षति गरेको स्थानीयले निक्र्यौल गरेका थिए । चालु आर्थिक वर्षमा पनि १ सय मिटरका दुई वटा ‘स्पर’ निर्माण गर्न लागेको जानकारी पाएका स्थानीयले ‘स्पर’ निर्माणमा अवरोध गरेका थिए । उनीहरुले क्षतिग्रस्त क्षेत्रमा पनि ‘स्पर’ निर्माण गर्नुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । काम रोकिएपछि निर्माण व्यावसायी जलस्रोत तथा सिंचाइ विभागको सम्पर्कमा गएका थिए । विगतमा स्थानीय सरकार, प्रदेश सरकार र कोशी नियन्त्रणका लागि काम गर्ने आयोजनामा बारम्बार डेलिकेशन गए पनि स्थानीयको माग सम्बोधन भएको थिएन ।

विगत ५ वर्षदेखि चतराघाटस्थित कोशी नदी पुलको पश्चिमतर्फ उदयपुर जिल्लाको बेलका नगरपालिका ८ मा पर्ने तटीय क्षेत्र तीव्र रुपमा कटान हुन थालेको थियो । 

नदीले कोठु, चम्पापुर, मेखबारी, सोमबारे,सिसौली लगायतका तटीय क्षेत्रको खेतीयोग्य जमिनमा कटान गर्दै लगेको हो। सुनसरी- मोरङ सिचाइ आयोजनाको नहरमा ०५१ सालमा न्युइन्टेक निर्माण भएपछि पानी ‘डाइभर्ट’ गर्न बाँधिएका बाँधका कारण नदी पश्चिमतर्फ बग्न थालेको र कटान सुरु भएको स्थानीय बेलकाबासिले बताउँदै आएका थिए । 
कोशीमा तटबन्ध निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार, जल उत्पन्न प्रकोप नियन्त्रण विभाग, कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना, सुनसरी मोरङ सिचाइ आयोजना लगायतका सरोकार राख्ने निकायमा डेलिकेशन जाँदा समेत बाँध नियन्त्रणमा उदासिन रहेको भए पनि अहिले केही सकारात्मक आश्वासन आएको स्थानीय नेप्से क्लबका अध्यक्ष सुशान्त राईको भनाइ छ ।
टप्पुवासी असन्तुष्ट
कोसी नदीको उत्तरपश्चिम तटीय क्षेत्रमा बाँध बाँध्ने सुनसरी र उदयपु जिल्लाका प्रमुखसँगै सिचाइ आयोजनाको निर्णयपछि सुनसरीको श्रीलंका टप्पु क्षेत्रका स्थानीयले आफूहरु मार्कामा परेको बताएका छन् । कोसीको पश्चिम तटीय क्षेत्रको ठूलो भूभाग क्षतिग्रस्त भए पनि प्रशासनले बेवास्ता गरेको उनीहरुको आरोप छ । 

बेलकावासीको आन्दोलनका कारण माग सुनुवाई भए पनि आफूहरु सधैं कोसीपीडित भएको स्थानीय सन्तोष चन्द्रवंशीले गुनासो गरे । उत्तरपश्चिम तटीय क्षेत्रमा तटबन्धनसँगै जोखिमयुक्त टप्पु क्षेत्रमा पनि प्रशासनको आँखा पुग्नु पर्ने चन्द्रवंशीको माग छ । 

‘हामी बारम्बार बेवास्तामा परेका छौं, अन्य ठाउँमा बाँध बाँधिन्छ, हामी पनि पीडित हौं, हामीलाई प्रशासनले हेरेको छैन,’ चन्द्रवंशीले भने, ‘यसपाली त झण्डै डेढ किलोमिटर भन्दा बढी कटान भएको छ, बस्ती नै विस्थापित हुने अवस्थामा पुगेको छ ।’

चन्द्रवंशीले वराहक्षेत्र नगरपालिका, सिचाइ आयोजना र जिल्ला प्रशासन कार्यालयमा बारम्बार डेलिकेशन गएको बताउँदै ध्यानाकर्षण गर्न नछाड्ने बताए । 
धेरै संख्यामा ट्प्पु बासिले सोमबारेबासिको माग पुरा भएको होला हाम्रो माग पुरा नभएको भन्दै उपस्थित सर्बपक्षिय कार्यक्रममा सहि समेत नगरी फर्किएको हुन । वार्ड न -८ को कार्यलयमा बसेको भेलालाइ स्मरण गराउदै कसरी बनाउन दिएको भन्दै असन्तुष्ट व्यक्त गरेको हुन ।
हिजो बिरोध गर्ने आज सहमति गर्दा संखा लागेको तर बिकास बिरोधि भने हामी नहुने भन्दै धौरि टप्पुको जीवन रक्षाको लागि सधै लडिरहने बताए ।


एकजनाले भने आज सहमति हुदैछ भनेर कुदेर कोसिपारी चतरा पुग्दा सहमति भैसकेको रहेछ फर्किएर आयौ भन्दै एक ब्यक्तीले दुखेसो पोखे आन्दोलन गर्दा असन्तुष्ट हुदा हामी सबै चाहिने सहमति हुदा बेलका नगरपालिकाको कोहि नचाहिने यो कस्तो किसिमको सहमति बुझ्न सकिएन असली पीडित हामी हौ जो सप्तकोसी नदि देखि कबुलियत बन सम्मको पीडित हौ तर हाम्रो आवज सुनिएन ।उस्ले भने यहाँ ठेकेदारको चलाखी भएको पाइयो हामी बुझ्दैछौ?

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *