Site icon Our Belaka

तेस्रो मेयर कपको उपाधी मलिथम फुटवल क्लव उदयपुरले हात पार्न सफल

कृष्णमान चौधरी -बेलका /
शम्भुनाथ नगरपालिकाको आर्थिक सहयोगमा तथा संन्याशी यूवा क्लबद्वारा आयोजित तेस्रो मेयर कप प्रतियोगितामा मलिथम फुटबल क्लब उदयपुर टीमले उपाधी हात पारेको छ।

प्रतियोगितामा फ्युजन क्लव बोक्सेलाई पछाडी पार्दै मलिथम फुटवल क्लव उदयपुरले मेयर कपको उपाधी हात पार्न सफल भएको हो ।
निर्धारित समय अबधिभर दुवै तर्फको टीमबाट २/२ गोल गरी खेल बरावर भएपछी अन्तयमा ट्राईवेकरमा मलिथम फुटवल क्लवले आफनो जितलाई पक्का गरेको थियो ।

प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गरी मलिथम फुटबल क्लब उदयपुर को टीम वाट विवेक केसी उत्कृष्ट खेलाडी घोषित भए ।

प्रतियोगिताको विजेता टीम मलिथमले नगद ५५ हजार ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उप विजेता फ्युजनले ४५ हजार,ट्रफी , मेडल र प्रमाणपत्र पुरस्कार पाएको आयोजक कमिटीले जानकारी दिनुभयो।

प्रतियोगितामा सिरहा,सप्तरी,सुनसरी,महोतरी र उदयपुर गरी जम्मा ११ वटा टिमको सहभागी रहेको थियो ।

Exit mobile version