Site icon Our Belaka

एमाले निकट युवाहरू द्वारा बेलकामा राके जुलुस / प्रदर्सन

पेट्रोलियम पदार्थको मुल्य वृद्धि संगै नेपालमा विभिन्न पार्टीको भातृ संगठनहरुले आन्दोलन गर्दै आइरहेको छ। त्यसै गरि बेलका नगरपालिकाको केन्द्रमा पर्ने रामपुर बजारमा पनि नेकपा एमालेको निकट संगठन युवा संघ नेपाल र अनेरास्ववियुले संयुक्त रूपमा युवाहरुको उपस्थितिमा राकेजुलुस निकालेको हो । चोकमा पुगि कोण सभामा परिणत गरिएको थियोे। कोणसभामा सम्बोधन गर्दै युवा संघ नेपालका केन्द्रिय सदस्य तथा उदयपुर इन्चार्ज राकेश राई केन्द्रिय सदस्य दिनेश खड्का जिल्ला सचीव महेश राई लगाएतका नेताहरु उपस्थिति थिए भने बिध्यार्थी केन्द्रिय सचिवालय सदस्य सुरेन्द्र बस्नेत नेकपा एमाले नगर उप सचीव हिराजंग राई लगाएतको उपस्थितिमा कार्यक्रम भएको हो।कार्यक्रममा वत्ताहरुले विशेष गरि पेट्रोलियमको मुल्य वृद्धि खारेज गर्नुपर्ने mcc सम्झौता खारेज गर र तोकिएको समयमै स्थानीय चुनाव गर्नु पर्ने जस्ता विषयमा आन्दोलन गरेको हुन ।यो कुराको सुनुवाइ नभए सम्म यो आन्दोलन जारीरहने समेत बताइएको छ ।

Exit mobile version