बेलकामा रामपुर बजारमा खुल्यो सगरमाथा कृषि फम/ दूध संकलन तथा बिक्रि केन्द्र
बेलका नगरपालिका रामपुर बजार निवासी युवा ब्यबसायी कृष्ण सापकोटा र टन्क फुयलले दुध डेरि सन्चालनमा लियाएको छ्न ।
१५ लाख लगानिमा डेरि स्थापना भएको हो । श्रीपन्चमी सरस्वतीपुजाको साइत पारेर सगरमाथा कृषि फम उद्घाटन भएको हो । उद्घाटन कार्यमा प्रमुख अतिथिमा बेलका नगरपालिका वार्ड न -९ का वार्ड अध्यक्ष मोहन प्रसाद घिमिरेले गरेको हुन भने उद्घाटन गर्दै घिमिरेले भने आफनै ठाउँ /गाउँ स्वरोजगार बन्नको लागि र बेलकामा प्रस्तत दूध उत्पादन हुने भएको हुदा कृषक लाई लक्षित गरि खोलिएको डेरिको उच्च सफलताको कामना गर्दै वार्ड तथा बेलका नगरपालिकाले युवा स्वरोजगार बन्नको लागि र केही व्यावसायिक काम गर्नेलाई साथ सहयोग गर्दै आएको र यश सगरमाथा कृषि फम लाई पनि आवश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता जनाय ।
बेलका नगरपालिका क्षेत्रमा २/३ वटा डेरि भयपनी प्रयाप्त नभएको र उचित मुल्यको पनि निर्धारण नभएको हुदा स्थानीय दुई युवाले ग्राहकको आवश्यकता मध्यनजर गर्दै बजारको मुल्य भन्दा सस्तोमा बिक्री गर्ने र किसानलाई अरुले भन्दा धेरै दिएर दुघ खरिद गर्ने बताय सन्चालक कृष्ण साप्कोटाले त्यसैगरी किसानलाई आवश्यकता अनुसार दानापानी ,चोकर ,बरान ,मकै ,पिठो लगायत खाद्यान्न सामग्री पनि सगरमाथा कृषि फम मा बजार मुल्य भन्दा सस्तोमा पाइने बताय अर्का सन्चालक टन्क फुलयले ।
राजनीतिमा युवा पुस्ता अगाडि बढिरहेको हुदा र केही न केही व्यावसायिक भयर मात्र राजनीतिलाई अगाडि बढाइने / बढ्ने हुदा मात्र समाजको बिकास ,समृद्धि हुने भएकोले दुई संचालकमा कृष्ण सापकोटा नेकपा माओवादी केन्द्र वार्ड न -९ को सचीव र टन्क फुयल नेपाली कांग्रेसका वार्ड न -९ को सचिव समेत भएको हुदा देश बिकास ,स्वरोजगार बन्न आपसी मिलेर मात्र अगाडि बढ्न सकिन्छ भन्ने एक उदाहरण प्रस्तुत गरेको पाइन्छ ।


