NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
मनाेरञ्जन

मृत्यु भएको मान्छेको फेसबुक के हुन्छ ?

1 Mins read

फेसबुकले आफ्नो प्रयोगकर्ताको मृत्युपछि तिनको खातालाई ‘मेमोरियलाइज्ड अकाउन्ट’ भनेर राखिदिन्छ। अर्थात् जो प्रयोगकर्ताको मृत्यु भएको हो, तिनको खाता मेमोरियलाइज्ड खाता हुने हो। यसो हुँदा अन्य प्रयोगकर्ताले ती व्यक्तिको मृत्यु भइसकेको भन्ने उसको प्रोफाइल हेरेर थाहा पाउन सक्छ। र, त्यो मेमोरियलाइज्ड खातालाई ट्याग अथवा प्रोफाइलमा गएर टाइमलाइनमा लेख्न पनि सकिन्छ।
कुनै पनि फेसबुक खाता मेमोरियलाइज्ड खाता भएपछि सो व्यक्तिको प्रोफाइल नाम माथि ‘रिमेम्बरिङ’ अर्थात् ‘सम्झना’ भनेर देखाउँछ। तपाईंको मृत्युपछि तपाईंको फेसबुकलाई के गर्ने अथवा कसरी व्यवस्थित राख्ने तपाईंमा भर पर्ने कुरा हो। तपाईंले फेसबुक खाता ‘मेमोरियलाइज्ड’ बनाउन सक्नुहुन्छ अथवा डिलिट (हटाउन) सक्नुहुन्छ।

मृत्युपछि आफ्नो अकाउन्ट मेमोरियलाइज्ड बनाउन चाहनुहुन्छ भने तपाईंले अहिले नै ‘लिगेसी कन्ट्याक्ट’ अपडेट गर्नुपर्ने हुन्छ। लिगेसी कन्ट्याक्टमा तपाईंले नजिकको कोही मिल्ने साथी अथवा परिवारका सदस्यलाई राख्न सक्नुहुन्छ। जो व्यक्ति अथवा प्रयोगकर्तालाई लिगेसी कन्ट्याक्टमा राख्नुहुन्छ ती प्रयोगकर्ताले तपाईंको मृत्युपछि तपाईंको फेसबुक मोडरेट गरिदिन सक्छ।

लिगेसी कन्ट्याक्ट कसरी छनौट गर्ने?
– फेसबुक लग-इन गरेपछि त्यसको ‘सेटिङ्स एन्ड प्राइभेसी’मा जानुहोस्।

– यसभित्र रहेको सेटिङ्स भन्ने विकल्प रोज्नुहोस्।

– यहाँ तपाईंले सबैभन्दा सुरूमा ‘अकाउन्ट’ भन्ने खण्ड देख्नुहुन्छ। त्यसअन्तर्गत रहेको ‘पर्सनल एन्ड अकाउन्ट इन्फरमेसन’ भन्ने विकल्प रोज्नुहोस्।

– यसभित्र थप चार वटा विकल्प देख्नुहुन्छ। त्यसमध्ये सबैभन्दा अन्तिमको ‘अकाउन्ट ‌ओनरसीप एन्ड कन्ट्रोल’ भन्ने विकल्प रोज्नुहोस्।

– यहाँ अब तपाईंले दुई विकल्प देख्नुहुन्छ। पहिलो ‘मेमोराइजेसन सेटिङ्स’ र दोस्रो ‘डिएक्टिभेसन एन्ड डिलिसन’। त्यसमध्ये पहिलो विकल्प ‘मेमोराइजेसन सेटिङ्स’ रोज्नुहोस्।

– अब तपाईंले दुई विकल्प देख्न सक्नुहुन्छ। ‘चुज लिगेसी कन्ट्याक्ट’ र ‘डिलिट आफ्टर डेथ’।

– ‘चुज लिगेसी कन्ट्याक्ट’ विकल्प चयन गरेर तपाईंले कोही प्रयोगकर्तालाई आफ्नो मृत्युपछि तपाईंको फेसबुक ह्यान्डलिङको लागि अनुमति दिनुहुन्छ। त्यस्तै, ‘डिलिट आफ्टर डेथ’ भन्ने विकल्प रोज्नुभयो भने मृत्युपछि अकाउन्टलाई कसैले रिपोर्ट गरेर स्वतः अकाउन्ट डिलिट अथवा हटाउन सकिन्छ।

तपाईंले लिगेसी कन्ट्याक्टमा छनौट गर्नुभएको व्यक्तिले तपाईंको फेसकुब लग-इन गर्न, मेसेजहरू पढ्न र नयाँ साथी बनाउन वा हटाउन भने मिल्‍दैन।

लिगेसी कन्ट्याक्टमा भएको व्यक्तिले तपाईंको फेसबुक टाइमलाइनमा पिन पोस्ट राखिदिन, तपाईंले ‘अन्ली मी’ भनेर राख्नुभएको पोस्टहरू हेर्न, कसले तपाईंको टाइमलाइनमा पोस्ट गर्न मिल्छ भन्ने छनौट गर्न, कुनै पनि श्रद्धाञ्जली पोस्टहरू डिलिट गर्न, तपाईं ट्याग भएको पोस्टबाट ट्याग हटाउन, प्रोफाइल र कभर फोटो नयाँ राखिदिन वा अकाउन्ट नै हटाउन रिक्वेस्ट गर्न भने मिल्छ।

तपाईंले चिन्नु भएको अथवा नजिकको कोही व्यक्तिको मृत्यु भएको छ? ती व्यक्तिको अकाउन्ट हटाउन अथवा मेमोरियलाइज्ड खाता बनाउनको यो लिंकबाट फेसबुकलाई रिक्वेस्ट गर्नुहोस्।

Related posts
मनाेरञ्जन

कार्तिक १६ गते सुनसरीको चतरामा 'स्टोनस्किपिङ' प्रतियोगिता हुने

1 Mins read
सुनसरीको चतरामा स्टोन स्किपिङ च्याम्पियनसिप आयोजना हुने भएको छ । चतरा हाइकिङ समूहको आयोजना र ग्रामीण पत्रकार समूहको सहआयोजनामा चतरा नहरमा आगामी…
मनाेरञ्जनसमाचार

वाइवाई दोस्रो बेलका गोल्डकपकको उद्घाटन खेलमा जेएसवाइसी मोरङले जित्यो

1 Mins read
उदयपुरको बेलकामा सुरू भएको वाइवाई दोस्रो बेलका गोल्डकपकमा जेएसवाइसी मोरङले शानदार विजयी शुरूवात गरेको छ । लेकाली रंगशालामा सम्पन्न पहिलो क्वाटरफाइनलमा गोलबजार…
मनाेरञ्जन

बराहक्षेत्रलाई प्रथम बुद्ध मिनि गोल्ड कपको उपाधी

1 Mins read
बुद्ध एकता क्लबको आयोजना तथा बेलका नगर युवा तथा खेलकुद बिकास समितिको सह आयोजनामा सम्पन्न प्रथम बुद्ध मिनि गोल्ड कप २०८० को…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *