Site icon Our Belaka

नेकपा एकीकृत बेलका नगरकमिटी वार्ड् न- ४ कमिटी गठन अध्यक्षमा उमेस बस्नेत

बेलका नगरपालिका वडा नम्बर -४ मा नेकपा एकीकृत समाजवादीले उमेश बस्नेतको अध्यक्षतामा ३५ सदस्सयिय वडा कमिटि गठन भएको छ।जिल्ला कमिटि अध्यक्ष राममणि प्रोख्रेलको प्रमुख आथित्यमा भएको कार्यक्रममा सुभकामना मन्तब्य राख्दै पोखरेलले केपि ओलि प्रबृति र नगरमा भएको लापरबाहि र भ्रष्ट गतिबिधि बिरुद्द लाग्न आह्वान गर्नुभयो।

विशेष अथिति प्रदेश माननीय सुनिता चौधरिले कबुलियत बन रोक्न आफू सधै लागि पर्ने र सबैभन्दा पहिले प्रदेश संसदमा आफुले रोक्नका लागि पहल गरेको बताउनुभयो।त्यस्तै प्रदेश सदस्य भिम प्रसाद पराजुलि र जिल्ला कमिटि उपाध्यक्ष कर्ण श्रेष्ठ,जिल्ला उपसचिव बिनोद खड्का लगायतले सम्बोधन गर्नु भएको थियो।कर्ण श्रेष्ठले चार नम्बरमा भएको प्रधानमन्त्रि स्वरोजगार कोषमा भएको त्यस्तै सडक निर्माणमा भएको गतिबिध बिरुद्द चार नम्बरका जनता लाग्नु पर्ने बताउनुभयो।बेलकामा नेकमा एमालेको सरकार काण्ड बनाउन मात्र आएको र उपमेयर काण्ड भ्रष्टचार काण्ड कबुलियत काण्ड र कर्मचारि भर्तिमा नाताबाद कृपावाद लादेकोले गर्दा अब सम्पुर्ण बेलका बासिहरुलाई समृद्द बेलका र सुखि जनताका लागि एकीकृत समाजवादिमा गोलबद्द हुनुहुन अनुरोध गरे। कार्यक्रमका अध्यक्ष एबम् बेनपा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नबराज भट्टराईले गरेको हुन भने वर्ड न -४ मा अध्यक्ष -उमेस बस्नेत, उपाध्यक्ष सृजना राई ,सचिव -बिनोद आले ,उपसचिब – तिर्थ मगर रहेको र सवै वर्ड्मा सङ्ठन निर्माण गर्ने बताय पार्टीका उपसचिव श्रीकुमार घिमिरेले ।

Exit mobile version