NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

मोटरसाइकल चलाउदा कुकुरले भुक्दै लखेट्छ भने अपनाउनुस यस्तो उपाय

1 Mins read

सडकमा सवारी साधन गुड्दा कुकुर भुकिरहेको देख्नु भएको होला । यो देख्दा सवारीसाधन र कुकुरबीच केही पुरानो वैमनस्यता छ कि जस्तो लाग्छ ।

मोटरसाइकल चलाउने व्यक्तिलाई टोक्न कुकुरहरू प्रायः भुक्ने र दौडिरहेको देखिन्छ । तपाईंले पनि यस्ता किसिमका समस्या भोग्नु भएको हुन सक्छ । धेरै पटक कुकुरको भुकाइका कारण मोटरसाइकल चालक दुर्घटनाको शिकार पनि हुने गरेका छन् ।

यस्तोमा प्रश्न आउँछ कि यसबाट बच्ने कुनै उपाय छैन ? हो, निस्सन्देह, कुकुरहरूको यो व्यवहारबाट बच्न एउटा तरिका छ ।

हामी तपाईंलाई एउटा सजिलो उपाय बताउँछौं, जसले तपाईंलाई कुकुरबाट बच्न मद्दत गर्न सक्छ ।

यदि तपाईं यस्तो अवस्थामा हुनुभयो भने मोटरसाइकल तीव्र चलाउनु हुँदैन, किनकि तपाईं दुर्घटनाको शिकार हुन सक्नुहुन्छ । त्यसैले आरामसँग ड्राइभ गर्नुहोस् ।

यसबाहेक, यदि तपाईंले मोटरसाइकलको गति बढाउनुभयो भने कुकुरहरू झन् तपाईंको मोटरसाइकलको पछि दौडिन्छन् ।

तीव्र मोटरसाइकल कुदाउँदा कुकुरहरू बढी भुक्ने गर्छन् ।

यदि कुकुरहरू तपाईंको मोटरसाइकलको पछाडि दौडिरहेका छन् भने गतिलाई कम गर्नुहोस् वा रोक्नुहोस् । यस्तोमा कुकुर भुक्न बन्द हुन सक्छ । त्यसपछि बिस्तारै चलाएर जान सकिन्छ ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *