फागु पुर्णिामाको दोस्रो दिन सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर १ खहरेखोला स्थित पकली चतरा सडक खण्डमा मोटरसाइकल एकाआपसमा ठोक्किएर बराहक्षेत्र वार्ड न -२ का अमृत पाण्डेको मृत्यु भएको छ।
करिब ५:०० बजेको समय तिर पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको को २९ प ६२०६ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आँउदै गरेको को ९ प ३३७२ नम्बको मोटरसाइकल एक-आपसमा ठक्कर खाई पाण्डेको मृत्यु भएको छ।
दुर्घटना हुँदा को २९ प ६२०६ नम्बरको मोटरसाइकल चालक जिल्ला मोरङ केराबारी गाउपालिका वडा नम्बर ७ बस्ने वर्ष ३६ को छत्र बहादुर बि.क.को टाउ र शरिरको विभिन्न भागमा गम्भीर चोट लागी बोल्न नसक्ने अवस्थामा रहेकोे प्रहरीले बताएको छ ।
सोहि मोटरसाइकल पछाडि बस्ने निजको श्रीमती अन्दाजी ३३ बर्षकि चन्द्र कुमारी बि.क.को दुवै खुट्टा लगायत अन्य विभिन्न ठाउँमा चोट लागेपनी ऊनी बोल्न सक्ने अवस्था रहेको प्रहरी बताएको हो ।
घाइते भएका ३ जना लाई उपचार गर्न बिपि कोइराला हस्पिटल धरान पठाएको प्रहरी जनाएको छ ।
उपचारको क्रममा ६ बजेको समयमा बराहक्षेत्र वार्ड न – २ चतरा निवासि को ९ प ३३७२ नं.को मोटरसाइकल चालक अमृत पाण्डेको मृत्यू भएको छ भने को २९ प ६२०६ नम्बरको मोटरसाइकल चालक छत्र बहादुर बि.क. र सोहि पछाडि सवार चन्द्र कुमारी बि.क.लाई थप उपचार गर्न विराट नर्सिङ विराटनगरमा रिफर गरि पठाइएको राजवंशीले बताए ।
