Site icon Our Belaka

उदयपुरमा ट्याक्टर दुर्घटना हुँदा हेटौंडाको राजेन्द्रको मृत्यु

उदयपुरको लिम्चुङबुङ गाउँपालिका- ३ स्थित हात्ती अड्केमा बुधबार दिउँसो अन्दाजी साढे एक बजेको समयमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । ना ६ त ९६५० नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालक जिल्ला मनवानपुर हैटौडा बस्ने अन्दाजी २८ वर्षिय राजेन्द्र प्रजा घाइते भएका थिए ।

हात्ती अड्केमा गिटी बोकेको ट्याक्टर आफै अनियन्त्रित भई तिन सय मिटर तल खशी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । घाइते चालकलाई इलाका प्रहरी कार्यालय लिम्चुङबुङको प्रहरीले उद्दार गरी उपचारको लागि जिल्ला अस्पताल ल्याएकोमा उपचारको क्रममा राति ७ः३० बजे प्रजाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रजाको सब जिल्ला अस्पतालमा राखिएको छ ।

Exit mobile version