राष्ट्रिय युवा संघ बेलकाको अध्यक्षमा आचर्य
नेकपा एमाले निकट राष्ट्रिय युवा संघ बेलका उदयपुरको प्रथम अधिबेशन सप्पन्न भएको छ । कैलास सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको लागि प्रमुख अतिथि युवा संघ नेपालका पुर्व अध्यक्ष तथा पार्टी फ्याक्सन इन्चार्ज महेस बस्नेतको उपस्थितमा बेलकाको सिटिहलमा सप्पन्न भएको हो । कार्यक्रममा युवा संघका केन्द्रिय अध्यक्ष देखि स्थानीय तह सम्मका विभिन्न जिम्मेवारी लिएका ब्यक्तीहरुको उपस्थितमा नब निर्वाचित अध्यक्ष कृष्ण आचर्यको अध्यक्षतामा ५५ सदस्य बेलका नगरकमिटी निर्माण भएको हो।


