NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
अर्थ

सहारा नेपाल साकोसले२७ औँ स्थापना दिवस बेलकामा विभिन्न कार्यक्रम गरि मनायो

1 Mins read

सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको २७ औँ स्थापना दिवसको अवसरमा बेलका नगरपालिकाको जनजाति हलमा विभिन्न कार्यक्रम गरि सप्पन्न भएको हो। वार्षिकोत्सव कार्यक्रममा हालसम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो। सहारा नेपालले साकोस बेलका नगरपालिकामा स्थापना भय सगै बेलकाको सबै जनताको रोजाइमा पर्ने गरेको पाइएकोछ।


बेलका नगरपालिकाको उपप्रमुख राजकुमारि चौधरीको प्रमुख उपस्थितमा नगरका प्रमुख प्रशासकिय अधिकृत अर्जुन निरौला ,वार्ड अध्यक्ष मोहन घिमिरे लगायत विभिन्न ब्यक्तीहरुको उपस्थितमा सप्पन्न भएको हो।
२०५२ चैत २१ गते झापाको चारपानेमा ३३ जनाले ३४ हजार कुल पुजिबाट सुरु गरेको साकोसको २७ औ बर्षमा आउदा सम्म १ अरब ६५ करोड रहेको छ ।
बेलका नगरपालिका लगायत सुनसरीको बराहक्षेत्र नगरपालिकालाई क्षेत्र बनायर कारोबार गर्दै आएको साहारा साकोसको अहिलेसम्म १३७० सेयर सदस्य रहेको हुन।
सहारा साकोसले बेलका नगरपालिका लाई विभिन्न समयमा आर्थिक सहयोग गर्दै पनि आइरहेको र एउटा एम्बुलेन्स पनि सहयोग गरेको आउने प्रक्रियामा रहेको बताइएको हो ।
कार्यक्रममा विभिन्न ब्याक्तीले सुभकामना व्यक्त राखेको हुन उदयपुर फिलड प्रमुख प्रदिप पुरी ,जनजाती समन्वय अध्यक्ष ललित राई ,पत्रकार भरत घिमिरे लगायतले सुभकामना दिएको हुन।
सहारा साकोसले आफ्नो उत्कृष्ट उधमीलाई समेत केहिनगद र प्रमाण पत्रले सम्मान गरेको हो जसम लक्ष्मी खड्का बाख्रापालन र शान्ता थापा मगर कृषि फम गरि दुई जना महिला पर्न सफल भएको हुन । त्यसैगरी सेयर सदस्य मिरा गुप्ताको श्रीमानको मृत्यु भयपछिको कर्जा मिनाह बापतको २ लाख रकम समेत भुक्तानी दिएको थियो।
२७ औ बर्षको अवसरमा साकोसले एटिएम मेसिनको सुरुवात गरेको छ।


संस्थाले गरिबी न्यूनीकरणमा योगदान पुर्याउन लघुवित्त कार्यक्रममार्फत गरिबी न्यूनीकरणमा सहयोग, सिप, तालिम र उद्यमशीलता विकासमा सहयोग र स्थानीय स्तरमा स्वरोजगारी सिर्जनामा सहयोग गरेको छ ।
संस्थाको शेयर पुँजी एक अर्ब ६५ करोड रुपैयाँ पुगेको छ भने बचत नौ अर्ब ५६ करोड रुपैयाँ छ । संस्थाले एक हजार ३१६ करोड रुपैयाँ ऋण लगानी गरेका छ । जगेडा तथा अन्य कोषमा एक अर्ब रुपैयाँ रहेको गिरीले बताए ।

संस्था स्थापनाको २७ औँ वर्षमा आइपुग्दा सहारा नेपालले सामाजिक तथा अन्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै आएको छ । संस्थाले हालसम्म उपचार अपरेसन, दुर्घटना र विशेष रोग लगायतमा ५१ करोड २९ लाख ८० हजार ४०९ रुपैयाँ सहयोग गरेको छ । सो सहयोग ३८ हजार ८४५ जना सदस्यलाई प्रदान गरिएको बेलका शाखा प्रमुख दिलिप गिरीले बताए ।

Related posts
अर्थ

फरवार्ड माईक्रोफाईनान्स द्वारा बिमा दाबी रकम हस्तान्तरण

1 Mins read
आवर बेलका/फरवार्ड माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले श्रिमानको मृत्यु बापतको बिमा रकम सदस्यलाई हस्तान्तरण गरेको छ । बेलबारी शाखा कार्यालयले मृतक तरिलाल खवास…
अर्थसमाचार

महुलि लघुवित्त गाईघाट शाखाका सदस्य चौधरीको परिवारलाई अढाई लाख प्रदान

1 Mins read
मदन अधिकारी उदयपुरको गाईघाटमा क्रियाशील महुलि लघुवित्त संस्था शाखा कार्यलय गाईघाट शाखाले आफ्नो सदस्यको मृत्यु भएपछि मृतकका परिवारलाई क्षतिपूर्ति बापत दुइ लाख पचतर…
अर्थसमाचार

ग्लाेबल लघुबित्तको सचेतनामुलक कार्यक्रम सङ्गै डस्बिन बितरण

1 Mins read
आवर बेलका/ग्लाेबल आइएमई लघुबित्त शाखा कार्यलय रामपुर द्वारा बेलका नगरपालिका ९ रामपुरमा एक दिने सचेतनामुलक कार्यक्रम सङगै डस्बिन बितरण गरेको छ ।…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *