नेकपा एमाले बेलका नगरकमिटिका नेता तथा गत स्थानीय तह २०७४ का वार्ड नम्बर -८ का अध्यक्षको उम्मेद्बार घनराज दाहालले एक बिग्यप्ती निकाली पार्टी परित्याग गरेको छ्न । पार्टीमा गुट्गत हाबी भएको , पुरानालाई अपमान गरेको पार्टीमा दक्षिणपन्थी अवसरबाद हाबी भएको हुँदा निष्ठाको राजनीति गर्न असमर्थ रहदै एमाले परित्याग गरेको बताइएको छ।
दाहालले गत चुनावमा ५२४ मत प्राप्त गरि पराजित भएको हुन ।दाहल समाजमा ब्याक्तीगत प्रभाव राख्ने ब्याक्ती हुन । सामाजिक कार्यमा अगाडि रहेका दाहलले प्रहरी चौकिलाई जग्गा समेत दिएको छ्न । दाहलले पार्टी परित्याग गरेपछि अहिले एमालेमा हलचल सुरु भएको र सयौं कार्यक्रर्ताले एमाले त्याग्ने देखिदैछ । गत चुनावमा वार्ड न -८ मा नेकपा माओवादी केन्द्रले जितेको हो ।
बेलकामा एमालेलाई धक्का गत चुनावमा ५२४ मत प्राप्त गर्ने अध्यक्ष उम्मेद्बार घनराज दाहलद्वारा पार्टी परित्याग
