खेलकुद विकास समिति उदयपुरको अध्यक्षमा चौदण्डीगढी नगरपालिका १० हडियाका पर्वत दाहाल मनोनित भएका छन। प्रदेश खेलकुद विकास वोर्ड प्रदेश नं १ को मिति २०७८ चैत्र २४ गतेको निर्णयानुसार दाहाल खेलकुद विकास समिति उदयपुरको अध्यक्षमा मनोनित भएका हुन। दाहाललाई प्रदेश खेलकुद ऐन २०७६ को दफा १६ को उपदफा २ को खण्ड (क) बमोजिम मनोनित गरिएको प्रदेश खेलकुद विकास वोर्ड, प्रदेश नं १ ले जनाएको छ।
खेलकुद विकास समिति उदयपुरको अध्यक्षमा मनोनित भएका दाहालबाट जिल्लाको खेलकुदको विकास, विस्तार र प्रवर्धन गर्न योगदान पुग्ने भन्दै मनोनित गरिएको पनि प्रदेश खेलकुद बिकास बोर्डले जनाएको छ।
यस अघी पनि खेलकुद बिकास समितीको उपाध्यक्ष भएर काम गरिसकेका दाहाल खेलक्षेत्रका अनुभवी ब्याक्ती मानिन्छन। राजनीतिमा समेत आफ्नो छुट्टै पहिचान स्थापित गरिसकेका उनी सामाजिक क्षेत्रमा समेत अग्रस्थानमा रहेका छन।
पर्वत दाहाल यस अघी २०७२ साल भाद्र ४ गते राष्ट्रिय खेलकुद परिषद प्रधान कार्यालयको निर्णय अनुसार राष्ट्रिय खेलकुद परिषद्को खेलकुद विकास नियम २०४९ (चौथो संशोधन) को परिच्छेद ५ को नियम १९ बमोजिम उदयपुर जिल्ला खेलकुद बिकास समितीको उपाध्यक्षमा चार बर्षको लागी मनोनित भएर सफल पुर्वर्क कार्यकाल ब्यतित गरेका ब्यक्ती हुन।


