बैशाख ४/
आशन्न बैशाख ३० गते हुने भनिएको स्थानीय तहको चुनावमा राप्रपाको तर्फबाट मेयर पदमा उम्मेदवारी घोषणा गरेका बिजयकुमार राउतले आफूले जितेमा बराहक्षेत्र नगरलाई भ्रष्टाचारमुक्त नगरपालिका बनाउने तथा नगरबाट पाउने कुनै पनि सेवा सुबिधा नलिने समेत बताए । पछिल्लो समय हरेक क्षेत्रमा बढ्दै गैइरहेको भ्रष्टाचारजन्य गतिविधिलाई आफ्नो नगरमा शुन्यमा झार्ने दाबी समेत गरेका छन् ।
बराहक्षेत्र नगरपालिका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक हिसाबले अत्यन्तै सुन्दर रहेको भन्दै आफूले जिते नगरलाई देशकै नमूना नगरको रुपमा विकास गर्ने
उदघोष गरेका छन् ।
भौतिक पुर्वाधार ,शिक्षा,स्वास्थ्य ,रोजगारका बिषयलाई प्रमुख प्राथमिकतामा राख्दै शिक्षालाई सतप्रतिशत निशुल्क बनाउने , एक घर एक स्वास्थ्य बिमा लागू गर्ने , वार्षिक १ हजारलाई रोजगारको ब्यबस्था गर्ने लगायत नगरको जनताहरुलाई आधारभूत आवश्यकता परिपुर्तिको सुनिश्चितता गर्ने बताए।
को हून मेयरका उम्मेदवार राउत;
राप्रपा तर्फबाट मेयर पदका उम्मेदवार रहेका ३० वर्षका बिजय कुमार राउत युवाहरु माझ निकै परिचीत छन। ७ बर्ष शिक्षक पेशालाई अङ्गालेका राउतले ०७२ सालदेखि पत्रकारिता क्षेत्रमा आवद्द छन् । बराहक्षेत्र नगरपालिकामा पहिलो दैनिक पत्रीका प्रकाशनमा ल्याएका राउत पत्रीका प्रधानसम्पादक समेत रहेका छन् । मिडिया नेपालको प्रदेश १ को अध्यक्ष पदमा समेत राउतले कार्यभार समालिरहेका छन् ।
सामाजिक क्षेत्रमा सक्रिय रहेका राउतले शिक्षा शास्त्र र राजनीति शास्त्र स्नातकोत्तरसम्मको अध्ययन गरेका छन। सामन्य परिवारमा हुर्केका राउतले राजनीतिमा भने १५ बर्षदेखिनै अगाडि बढाए । साविक महेन्द्रनगर वडा नम्बर ५ को अध्यक्ष पदबाट सुरुवात गरेका राउतले गाउँ इकाई सह-सचिव, क्षेत्रीय सह-सचिव, २ कार्यकाल जिल्ला सदस्य र हाल १ नम्बर प्रदेश सदस्यको पदमा रहेका छन् । पार्टी राजनीतिमा प्रदेश १ मा प्रभावशाली युवा नेताको रुमा रहेका बिजय राउतलाई आगामी चुनावमा सबैले अप्रत्याशित नतिजा ल्याउन सक्ने आकलन गरेका छन ।


