उदयपुरको कटारी नगरपालिका १० मा रहेको कालिका माध्यमिक विद्यालयको मतदान केन्द्रमा गोली चलेको छ । शुक्रबार दिउँसो साँढे चार बजेतिर गोली चलेको उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जानकारी दिए ।
उनले भने, ‘मतदानको अन्तिम समयमा गोली चलेको जानकारी आएको छ । कस्ले चलायो ? किन चलायो ? केमा विवाद भयो ? हामी बुझिरहेका छौँ । गोली लागेर क्षति भएको/ नभएको जानकारी लिइरहेका छौँ ।’
गोली लागेर स्वतन्त्र अध्यक्षका उम्मेदवार गौर बहादुर कटुवालको भतिज २२ वर्षिय नवीन कटुवालको मृत्यु भएको छ । घटना बारे थप विवरण आउन बाँकी रहेको छ ।


