“केवल एउटा पृथ्वी” भन्ने नारासहित आज ५० औं विश्व वातावरण दिवसको अवसरमा नेपाल स्काउट बेलका नगर तदर्थ समितिको आयोजनामा बेलका नगरका विभिन्न हाट बजार र वडाहरुमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सपन्न भएको हो ।
बेलकाको सुपाडे ,लालबजार ,रामपुर बजार तथा सम्बन्धि ठाउँमा सरसफाइ गरेको तथा ४/५/९ नम्बर वार्ड कार्यलय परिसरमा बिरुवा रोपिएको हो ।
सन् १९७४ देखि विश्वमा वातावरण दिवस मनाउन थालिएको थियो । यसै क्रममा हाम्रो देश नेपालले भने सन् १९८० को दशकदेखि विश्व वातावरण दिवस मनाउन लागेको थियो । यो दिवस प्रत्येक जून ५ तारिखका दिन विश्वभरी यो दिवस मनाइन्छ । विश्वका १ सय ८४ देशहरुले बन्दाबन्दीको स्थितिमा भए पनि विभिन्न माध्यमहरुबाट यो दिवस मनाउने धारणाहरु अभिव्यक्त गरिसकेका छन् । अतः वातावरण संसारमै एक चुनौतीपूर्ण समस्याको रुपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको समाधानको लागि वेलैमा विकसित तथा विकासशील राष्ट्रहरुले युद्धस्तरमा रणनीतिहरु तय गर्नु परेको वातावरण गम्भीररुपमा विग्रनु मानवीय व्यवहार हो भन्न सकिन्छ ।
मानवकै अज्ञानको कारणबाट नै वन विनाश , भू–क्षय आदि हुने गरेको छ । सर्वप्रथम वातावरणमा ह्रास ल्याउने मानिस नै हो भने यसको निराकरण गर्ने पनि मानिस हो । पर्याावरण बढ्दै गैरहेको जनसंख्या बृद्धि , सवारी साधनको चाप र औद्योेगिक क्षेत्रबाट निस्कने घाँतक ग्याँसले गर्दा वायु तथा पानीसमेत प्रदूषित बन्दै गएको छ । यसरी विकासशील मुलुकहरुमा कहालीलाग्दो जनसंख्या बृद्धिले गर्दा वन–साधनमा ठूलो चाप पर्न गई भू–क्षय हुने , पहिरो जाने , बाढीको प्रकोप बढ्ने , अतिवृष्टि तथा अनावृष्टि हुने समस्या देखापरि पर्याावरणीय सन्तुलनलाई प्रतिकूल वनाएको छ । यसरी सारा संसारमानै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यत्तिको वातावरण विश्वमै एक चुनौती पूर्ण समस्याको रुपमा देखापरेको छ । यस्तो किसिमको विकराल समस्याको लागि वेलैमा विकसित तथा विकासशील राष्ट्रहरुले युद्धस्तरमा रणनीतिहरु तय गर्नु परको छ । यसरी सारा संसारमा नै वातावरण सन्तुलनमा ह्रास आउनु प्रत्येक व्यक्तिको लागि चिन्ताको विषय बनेको छ ।
स्काउट नै किन ?
विश्व स्काउटद्वारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासंग नेपालका बालबालिका तथा युवा वर्गलाई परिचित गराउादै बालबालिका तथा युवा वर्गलाई जनसेवी बनाउने ।
– बालबालिका तथा युवा वर्गलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चरित्रवान तथा सुयोग्य नागरिक बनाउने ।
– दैवी प्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरूको उद्धार तथा सहायता कार्यमा नेपाल स्काउटलाई परिचालन गर्ने, गराउने ।
– सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने गराउने ।
–समाजका हरेक वर्ग तथा समुहलाई शिक्षित पार्न प्रौढ शिक्षा लगायत विभिन्न कार्यक्रमहरू संचालन गर्ने, गराउने ।
– स्वास्थ्य, वातावरण, भू–संरक्षण तथा प्राकृतिक श्रोतको उपयोगसम्बन्धी विभिन्न जनउपयोगी कार्यक्रम संचालन गर्न युवा जनशक्ति परिचालन गर्ने, गराउने ।
बेलका नगर स्काउटको आयोजनामा बेलका नगरप्रमुख अशोक कार्की ,उपप्रमुख जिरा राई , शिक्षा साखा प्रमुख सुनिल निरौला ,अध्यक्षहरु दिपक रेग्मि ,तिर्थराज अधिकारी ,पदम खड्का ,कार्यपालिका सदस्य चन्द्रकला परियार ,लगायत विभिन्न बुद्धिजीवी ,अगुवा ,स्थानीय ,ब्यापरि, शिक्षक ,विद्यार्थी ,मजदुर ,हरुको उपस्थितमा सरसफाइ कार्यक्रम सप्पन्न भएको हो ।
