NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
अर्थ

महुली लघुवित्तद्वारा ९ औ वार्षिक उत्सव संपन्न

1 Mins read

मदन अधिकारी / भोजपुर
महुली लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यलय बालंखा द्वारा संस्थाको ९ औं वार्षिक उत्सव सोमबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ ।
वित्तीय सेवाको पहुँचबाट बञ्चित रहेका विपन्न समाजमा पछाडी परेका समुदायमा वित्तीय सेवा पुर्याई समुदायमा रहेको सिप र परम्परागत पेशालाई लक्षित गरी लगानी प्रवद्र्धन गर्ने उद्देश्यका साथ उक्त संस्था स्थापना भएको हो ।
९ औं वार्षिक उत्सबको अवसरमा शाखा कार्यलय वालंखाद्वारा आमचोक गाउपालिकाका उपाध्यक्ष सीता राई, प्रमुख प्रशासकिय अधिकृत सन्जयराज तामाङ्, ईलाका प्रहरी कार्यलय बालंखाका इन्चार्ज सानुराम कार्की, विध्यालय व्यवस्थापन समिति बालंखाका अध्यक्ष डम्बर बहादुर कार्की, सिद्धार्थ बैक आमचोका इन्चार्ज मोहन घिमिरे विभिन्न राजनैतिक दलका नेता बुद्धिजिवी समाजशेवि व्यापारीहरूका बिचमा गा.पा. उपाध्यक्ष राई ज्यूको हातबाटआमचोक गाउपालिकाको मुटुमा रहेको पाडुले पोखरीमा वृक्ष रोपन गरिएको थियो ।
सोहि अवसरमा उपाध्यक्ष राईले संस्थाको दिगोपनामा जोड दिदै यस स्थानका संपूर्ण सर्वसाधारणमा वित्तीय पहुँच पुर्याउन तथा सहज र सरल तवर बाट ऋिण प्रवाह गर्न आग्रह गर्नु भएको थियो ।
भने उपस्थित व्यक्तिहरुले समेत शुभकामना व्यक्त गरेका थिए । सोही अवसरमा बालंखा शाखाका शाखा प्रवन्धक टोकनाथ न्यौपानेले ९ औ वर्षमा प्रवेश गरेको अवसरमा आमचोक गाउपालिकाका उपाध्यक्ष सीता राईलाई मायाको चिनो समेत प्रदान गरिएको थियो भने कार्यक्रममा बोल्दै शाखा प्रवन्धक न्यौपानेले संस्थालाई अगाडि बढाउन सहयोग गर्ने सबै समुह सदस्य, स्थानिय जनप्रतिनिधि , कर्मचारी, शुभेच्छुकलगायतलाई हार्दिक आभार एवं धन्यवाद व्यक्त गरेका थिए ।
संस्था स्थापनाको ९ औं वर्ष मनाउदैं गर्दा पूर्वको भोजपुर देखि पश्चिमको सुर्खेत सम्म ६४ वटा शाखाहरु बिस्तार गरिसकेको छ भने यस शाखा द्वारा १२ सय सदस्यहरुका माझ सेवा पुर्याउनुका साथै समूह सदस्यको मागमा आधारित विभिन्न सिपमुलक तालिमहरु,वित्तीय साक्षरता अभियान तथा सामाजिक उत्तरदायित्वसंग सम्बन्धित सेवाहरु समेत प्रदान गर्दै आईरहेको छ ।

Related posts
अर्थ

फरवार्ड माईक्रोफाईनान्स द्वारा बिमा दाबी रकम हस्तान्तरण

1 Mins read
आवर बेलका/फरवार्ड माईक्रोफाईनान्स लघुवित्त वित्तीय संस्थाले श्रिमानको मृत्यु बापतको बिमा रकम सदस्यलाई हस्तान्तरण गरेको छ । बेलबारी शाखा कार्यालयले मृतक तरिलाल खवास…
अर्थसमाचार

महुलि लघुवित्त गाईघाट शाखाका सदस्य चौधरीको परिवारलाई अढाई लाख प्रदान

1 Mins read
मदन अधिकारी उदयपुरको गाईघाटमा क्रियाशील महुलि लघुवित्त संस्था शाखा कार्यलय गाईघाट शाखाले आफ्नो सदस्यको मृत्यु भएपछि मृतकका परिवारलाई क्षतिपूर्ति बापत दुइ लाख पचतर…
अर्थसमाचार

ग्लाेबल लघुबित्तको सचेतनामुलक कार्यक्रम सङ्गै डस्बिन बितरण

1 Mins read
आवर बेलका/ग्लाेबल आइएमई लघुबित्त शाखा कार्यलय रामपुर द्वारा बेलका नगरपालिका ९ रामपुरमा एक दिने सचेतनामुलक कार्यक्रम सङगै डस्बिन बितरण गरेको छ ।…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *