स्कुलको आह्वानमा अस्थायी ट्राफिक पोस्ट बेलकाको समन्वयमा कक्षा ५ ,६,७ र ८ मा अध्यन गर्ने २ सय छात्रछात्रालाई ट्राफिक नियम पालना सम्बन्धि सचेतना कार्यक्रम सन्चालन गरेको हो।
ट्राफिक प्रहरी कार्यालय बेलकाका प्रमुख प्रहरी सहायक निरिक्षक भेष बहादुर थापाले तथा ट्राफिक मनोज थापाले विद्यार्थीहरुलाई ट्राफिक नियमहरुको बारेमा प्रशिक्षण दिएका थिए ।

थापाले विद्यार्थीहरुलाई उनीहरुले पालना गर्नु पर्ने ट्राफिक नियमहरु बारे जानकारी गराएका थिए । यस्तै स्कुल बसबाट ओर्लदा के कुरामा ध्यान दिने, बाटो काट्दा कसरी काट्ने, पैदलयात्रीले ध्यान दिनुपर्ने कुराहरु लगायत बारे पनि जानकारी गराएका थिए । बिद्यालयका प्राचार्य लेखनाथ सुबेदिले विद्यार्थीहरु अहिले नै ट्राफिक नियम बारे जानकार भए उनिहरुले समाजलाई त्यस बारे सचेत गराउने सक्ने भएकोले उक्त कार्यक्रम आयोजना गरिएको बताए।
व्यावहारिक जीवन सफल पार्न यस किसिमका कार्यक्रमहरूको ठूलो महत्त्व रहने विचार सहभागी विद्यार्थी तथा शिक्षकहरूले व्यक्त गरे ।


