शप्तकोशी नदिले आफ्नो धार परिवर्तन गरि पस्चिम पट्टि कटान शुरु गरे सङै उदयपुर जिल्लाको बेलका नगरपालिका उच्च जोखिममा परेको छ।
बिगतको बर्ष देखि नै नदिले उदयपुर पट्टि कटानलाई निरन्तरता दिए सङै बेलका नगरपालिका वडा नं ८,९,३,२ वडाका १३ सय घरपरिवार उच्च जोखिममा परेका छन।


नदीले कोठु, चम्पापुर, मेखबारी, सोमबारे,सिसौली लगायतका तटीय क्षेत्रको खेतीयोग्य जमिनमा कटान गर्दै लगेको हो। सुनसरी- मोरङ सिचाइ आयोजनाको नहरमा ०५१ सालमा न्युइन्टेक निर्माण भएपछि पानी ‘डाइभर्ट’ गर्न बाँधिएका बाँधका कारण नदी पश्चिमतर्फ बग्न थालेको गत बर्ष पनि इन्टेक निर्माण गरेपछी कटान सुरु भएको स्थानीय बेलकाबासिले बताउँदै आएका थिए ।
कोशीमा तटबन्ध निर्माणका लागि स्थानीय सरकार, प्रदेश सरकार, जल उत्पन्न प्रकोप नियन्त्रण विभाग, कोशी तथा बक्राहा नदी व्यवस्थापन आयोजना, सुनसरी मोरङ सिचाइ आयोजना लगायतका सरोकार राख्ने निकाय भने बाढी आउदा मात्र चनाखो हुने गरेको स्थानिय बताउदै आएका छन।
विगत ५ वर्षदेखि चतराघाटस्थित कोशी नदी पुलको पश्चिमतर्फ उदयपुर जिल्लाको बेलका नगरपालिका ८ मा पर्ने तटीय क्षेत्र तीव्र रुपमा कटान हुन थालेको थियो ।
अघिल्लो बर्ष कोशी नदि नियन्त्रणका लागि भारत सरकारले ८ सय मिटर प्रकोपाइन ( त्रिखुट्टि) तीन लेयरमा लगाएको थियो। तर, उक्त प्रकोपाइन अहिले २ लेयर बाढिले बगाएको छ।
मंगलबार उदयपुरका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादब , बिहार जल संसाधन बिभागका इन्जिनियर अबदेश कुमार , बेलका नगरपालिका नगर प्रमुख अशोक कार्की, उप प्रमुख जिरा राई सुनसरी बक्राह नदि नियन्त्रणका प्रमुख ,सुनसरी मोरङ सिचाइ आयोजनाका प्रमुख ,सुरक्षा निकायका प्रमुख , वडा अध्यक्ष सदस्य ,सरोकारवाला लगायतले संयुक्त निरीक्षण गरेका छन।


निरीक्षण पश्चात् नगर स्तरीय बिपत्त ब्याबस्थापन समितिको बैठक बसि नदिलाई तत्काल कटान बाट रोक्न नगरपालिकामा रहेका स्रोत साधन परिचालन गर्ने , भारत सरकारलाई आबस्यक सहयोग गर्न अनुरोध गर्ने , प्रदेश र संघीय सरकार लाई ध्यानाकर्षण गराउदै नदि रोकथाम गर्न आवस्यक पर्ने बजेट माग गर्ने,जिल्ला सिचाई कार्यलयलाई ५० थान जाली र ५ हजार थान बोरा माग गर्ने निर्णय गरिएको बेलका नगरपालिका नगर प्रमुख अशोक कार्किले बताए।





