NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

जाल्पादेवि सामुदायिक वनको उदाहरणिय काम २०० सय उपभोक्तालाई निशुल्क ग्यास चुल्हो बितरण

1 Mins read

जाल्पादेवि सामुदायिक वनको उदाहरणिय काम २०० सय उपभोक्तालाई निशुल्क ग्यास चुल्हो बितरण

सुमन सागर/ बेलका
सामुदायिक वन संरक्षण र प्रबर्द्धन गर्ने उदेश्यले उदयपुर जिल्ला बेलका नगरपालिका वडा नं ६ मा रहेको जाल्पा देवि सामुदायिक वनले आफ्ना सम्पुर्ण उपभोक्ता लाई ग्यास चुल्हो बितरण गरेको छ।


बढ्दो वन बिनास लाई रोकथाम गर्न र वनलाई संरक्षण गर्ने उदेश्यले सामुदायिक वनमा आबद्द २०० घरधुरी लाई ९ लाख ७५ हजार बराबरको ग्यास चुल्हो बितरण गरिएको हो।

बेलका नगरपालिका वडा नं ६ का वडा अध्यक्ष वसन्त मगरको प्रमुख आतित्यथामा ग्यास चुल्हो बितरण गरिएको हो।

वनको आन्तरिक आम्दानी बाट ग्यास चुल्हो बितरण गरिएको जाल्पा देवि सामुदायिक वनका अध्यक्ष हिराजंग राईले बताए। वन संरक्षण गर्ने उदेश्यले उपभोक्तालाई ग्यास चुल्हो बिरतण गरिएको हो। २ सय ६१ हेक्टर क्षेत्रफल रहेको सामुदायिक वन संरक्षण गर्न स्थानीय उपभोक्ताको अग्रसरतामा बृक्षरोपण गरिएको र वनको आम्दानी वाट सडकको ट्राक खोल्ने, बिधालयल ब्याबस्थापनका निम्ति बजेट बिनियोजन, स्थानिय क्लवका खेलाडिलाई जर्सी सहयोग जस्ता समाजिक उतरदायित्वको काम गरिरहेको अध्यक्ष राईले बताए।


सामुदायिक वनको अग्रसरतामा आफ्नो उपभोक्तालाई जिबिकोपार्जन गर्ने उदेश्यले बितरण गरिएको ग्यास चुल्होले आगामी दिनमा सामुदायिक वनको संरक्षण हुने बेलका नगरपालिका वडा नं ६ का वडा अध्यक्ष वसन्त मगरले बताए।
आफ्नो क्षेत्रमा रहेको स्थानीय स्रोत साधनलाई सहि ढंग बाट परिचालन गर्न सके आफ्नो समुदायको बिकासमा टेवा पुग्छ र वडा कार्यालयले पनि सामुदायिक वन सङ्ग सहकार्य गरि ६०/४० का योजना सन्चालन गरिरहेको र आगामी दिनमा समेत योजना सन्चालन गर्ने वडा अध्यक्ष मगरले प्रतिबद्धता ब्याक्त गरेका छन।


दाउरा प्रयोग गरि चुल्हो बाल्दा धुवाँले मानिसको स्वास्थ्यमा समेत असर पार्ने भएकोले उपभोक्ताको स्वास्थ्य लाई ख्यालमा राखी आधुनिक ग्यास चुल्हो बितरण गर्ने कार्य उदाहरणीय रहेको वडा सदस्य कुबेर मगरले बताएका छन।

स्थानीय वन महासंघका स्थायी समिति सदस्य भरत घिमिरेले वनको आम्दानीबाट उपभोक्तालाई ग्यास सिलिन्डर ,चुलो बाढिएको कार्यक्रम उपलब्धि मुलक रहेको र वनले अब उच्च शिक्षा अध्यन गर्दै गरेका छात्रालाई साइकल बितरण गर्न आग्रह गरेका छन ।पुल ,सडक ,बिजुली ,शिक्षा र उपभोक्ताको आत्मनिर्भरका लागि आय मुलक बिरुवा बांस लगायतका बनस्पति रोपेर आम्दानी बढाउन समेत घिमिरेले आग्रह गरेका छन। जाल्पादेवी सामुदायिक बनका अध्यक्ष हिराजङ राई स्थानीय सामुदायिक वन महासंघका उपाध्यक्ष समेत हुन ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *