उदयपुर/बेलका /निरु घिमिरे /
बेलका नगरपालिका मेलमिलाप महिला बहुउद्देश्यीय सहकारी संस्थाले १ दिने लैङ्गकि हिंसा तथा प्रजनन स्वास्थ सम्बन्धिको अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। उप-प्रमुख जिरा राई ,वाड अध्यक्ष पदम खड्का तथा नगर कार्यपालिकाका महिला सदस्यहरु लगायत अन्य वाड्का सदस्यहरुको आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो। संस्थाले आफ्नो संस्थाको सदस्यहरुका साथै अन्य महिलाहरुलाइ उक्त कार्यक्रममा प्रशिक्षण गराएको थियो । बागमती सेवा समाज अन्तर्गतको क्रीस नामक संस्थाका प्रतिनिधिहरुले समेत महिलाहरुको प्रजनन स्वास्थका बारे जानकारी दिएका थिए। कार्यक्रममा बोल्दै उप-प्रमुख जिरा राईले गएको निर्वाचनमा आफ्नो प्रतिस्पर्धा पुरुषसङ हुदा महिलाहरूले आफ्नो हकाधिकार र महिला नेतृत्वको महत्त्व बुझेर आफुलाइ मत दिएका कारण जित सुनिश्चित भएको र महिलाहरुमा चेतनाको विकास भएको भनि धन्यवाद ज्ञापन गर्दै र आगामी दिनमा महिला हकाधिकारका निमित्त आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेकी छन।
बेलक तेस्तै वाड अध्यक्ष पदम खड्काले येस्ता कार्यक्रमहरुले महिलाहरुमा क्षमता अभिबृद्दी हुनेगरेको र आफु वाड अध्यक्षको हैसियतले महिलाका निमित्त आउने तेस्ताखाले कार्यक्रमहरु बाहिरबाट संस्था ल्याएर कार्यक्रम गर्नु भन्दा स्थानीय स्तरमा भएका महिलामुखी संस्थाहरुलाइ नै प्रदान गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन।संस्थाकि सचिव एवंम नगर कार्यपालिका सदस्य नानुमैया घिमिरेले तुलनात्मक रुपमा महिलाहरु अहिले धेरै नेतृत्व तहमा आएको तर निणार्यक तहमा भने अझसम्म पुग्ननसकेको कुरा व्यक्त गरेकी छन। तेस्तैगरी संस्थाकि कोषाध्यक्ष कुमारी तामाङले आफ्नो संस्थाले गएका बर्षहरुमा पनि थुप्रैखाले कार्यक्रम गरेको र उक्त कार्यक्रमले धेरै महिलाहरुमा परिवर्तन देखिएको कुराले खुशी व्यक्त गरेकी छन। कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेस नेत्री अमृता धमलालेपनी महिला हित र उथ्थानका निमित्त अझ बढि सरोकारवाला निकायहरुले ध्यान दिनुपर्ने कुरा बताएकी छन। कार्यक्रमको समापन गर्दै संस्थाकि अध्यक्ष कमला सेढाईले महिलाहरु आसन, साशान र भाषणमा गरि यि तीन तहमा पुग्न सक्नुपर्ने कुरा बताएकी छन। येस्ताखाले कार्यक्रममा पहिलोपल्ट आफू उपस्तिथ भएको र कार्यक्रमले आफुलाइ हिंसा सम्बन्धि धेरै कुरा सिकाएको भन्दै सहभागी प्रमिला सदाले खुशी ब्यक्त गरेकी छन भने कार्यक्रमको सन्चालन संस्थाकि सह-सचीव उषा खड्काले गरेकि थिन।