Site icon Our Belaka

राप्रपा प्रजातान्त्रिक महिला संगठन बराहक्षेत्रको आयोजनामा धान रोपाइँ

बराहक्षेत्र / असार १५
राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बराहक्षेत्र नगर कार्यसमितिको आयोजनामा बुधबार असार १५ बिशेष धान रोपाइँ कार्यक्रम सम्पन्न भएको छ।
” धानवालिमा जैविक बिबिधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग ०७९” भन्ने नारालाई आत्मासात गरेर सरकारले १९ औं राष्ट्रिय धान दिवस भब्यताको साथ मनाउने अभियानलाई साथ दिदै सामूहिक धान रोपाइँ कार्यक्रम आयोजना गरिएको महिला सङ्गठनका अध्यक्ष कुमारी बस्नेतले बताइन् ।
देशको मुख्य अन्नवालिको रुपमा रहेको धानलाई व्यावसायिक रुपमा अगाडि बढाउनु पर्ने साथै सरकारले आवस्यक मल खाधको ब्यबस्थापन गर्नु पर्ने कार्यक्रमका प्रमुख अतिथि नगर अध्यक्ष अर्जुन भट्टराईले बताए ।


कार्यक्रममा सहभागी महिलाहरुले सरकारले कृषि क्षेत्रमा ठुलो आर्थिक लगानी गरेको भएपनी स्थानीय स्तरमा आम किसानहरुले भने आवश्यक परेको मल खाध सधै अभाव रहने कुरामा जोड दिए । असार १५ सबै किसानहरुको लागि बिशेष दिन रहेकोले सबै मिलेर कृषि क्षेत्रलाई प्रोत्साहन गर्नु पर्ने बाझो बारि नराखी उपयोग गर्नु पर्ने महिला संगठनका अध्यक्ष बस्नेतले बताइन् ।
कार्यक्रममा बराहक्षेत्र महिला संगठन नगर कार्यसमिति , संघ सस्थाका प्रतिनिधि , राप्रपा युवा नेता दिपक कार्की ,राप्रपा नगर अध्यक्ष अर्जुन भट्टराई , बराहक्षेत्र युवा सङ्गठनका अध्यक्ष ओम पौडेल , राप्रपा बराहक्षेत्र वडा नम्बर ५ का अध्यक्ष दुर्गा बहादुर बस्नेत लगायतको उपस्तिथि रहेको थियो।

Exit mobile version