बेलका नगरपालिका र राष्ट्रिय कृषक महासंघ बेलका नगर कार्य समितिको आयोजनामा बुधबार असार १५ बिशेष धान रोपाइँ कार्यक्रम सम्पन्न भएको छ।
” धानवालिमा जैविक बिबिधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग ०७९” भन्ने नारालाई आत्मासात गरेर सरकारले १९ औं राष्ट्रिय धान दिवस भब्यताको साथ मनाउने अभियानलाई साथ दिदै सामूहिक धान रोपाइँ कार्यक्रम आयोजना गरिएको बेलका नगरपालिका कृषि शाखाले बताएको छ
देशको मुख्य अन्नवालिको रुपमा रहेको धानलाई व्यावसायिक रुपमा अगाडि बढाउनु पर्ने साथै धान उत्पादन हुने विशेष स्थानका किषान लाई ब्याबसायिक रुपमा तालिम , आवस्यक उन्नत जातक बीउ बिजन बेलका सरकारले ब्यबस्थापन गर्ने बेलका नगर उप प्रमुख जिरा राईले बताईन।
कार्यक्रममा सहभागी किसानहरुले सरकारले कृषि क्षेत्रमा ठुलो आर्थिक लगानी गरेको भएपनी स्थानीय स्तरमा आम किसानहरुले भने आवश्यक परेको मल खाध सधै अभाव रहने कुरामा जोड दिए ।
असार १५ सबै किसानहरुको लागि बिशेष दिन रहेकोले सबै मिलेर कृषि क्षेत्रलाई प्रोत्साहन गर्नु पर्ने बाझो बारि नराखी उपयोग गर्नु पर्ने बेलका नगरपालिका वडा नं ३ का वडा अध्यक्ष टंक आचार्यले बताए।
धान उत्पादनमा बिशेश गरि बेलका नगरको वडा १,२,३,४,५ मा बढी उत्पादन हुने भएकोले बेलका नगरपालिकाले धान पकेट क्षेत्र सन्चालन गरि किशानलाई थप गुणस्तर उत्पादन गर्ने तर्फ लैजानु पर्ने वडा नं ९ का वडा अध्यक्ष पदम खड्काले बताए।
कार्यक्रममा जनप्रतिनिधि र किसानलाई दौड प्रतियोगिता समेत गराईएको थियो।


