उदयपुरका चार नगर र चार गाउँपालिकामा २७ करोड २७ लाख ५९ हजार बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५९औँ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७७/७८ मा उदयपुरमा २७ करोड बढी बेरुजु रहेको पाइएको हो ।
बेरुजु भन्नाले रुजु हुन नसकेको आर्थिक कारोबार हो वा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ अनुसार कानुनबमोजिम रीत नपुर्याई कारोबार गरेको वा राख्नुपर्ने लेखा नराखेको तथा अनियमित तरिकाले कारोबार गरेको कारोबारलाई महालेखाले बेरुजु देखाउने गरेको छ ।
बेलका नगरपाकिलामा तीन करोड तीन लाख ४७ हजार बेरुजु रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
