Site icon Our Belaka

बेलका का युवा पाँचकिलो गाजा सहित पक्राउ

बेलका नगरपालिकका एक जनालाई ५ किलो गाजा सहित सोमबार साँझ बेल्टार प्रहरीले नियन्त्रणमा लिएको छ।

बेलका नगरपालिका ६ का अन्दाजी ३५ बर्षिय विबेक राइलाई अबैध गाँजा सहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

ईलाका प्रहरी कार्यालय बेल्टारबाट प्रहरी निरिक्षक डम्बर विश्वकर्माको कमाण्डमा खटिएको प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा राईलाई पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीको गस्ती टोलीले चौदण्डीगढी नगरपालिका- ४ नमुना चोक स्थित चतरा रुपनगर सडक खण्डमा चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

राईले प्रयोग गरेको स. ३ प. ३६०३ नम्बरको होन्डा साइन मोटरसाईकलमा गाँजा लुकाई छिपाई लगिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताएकाे छ ।

बेलकाबाट सप्तरीको फत्तेपुर जादै गर्दा नियन्त्रणमा लिइएका विबेक राइलाई ईलाका प्रहरी कार्यालय बेल्टारमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। केही दिन अगाडि आम्बासी नाकाबाट तीन जनालाई अबैध लागूऔषध सहित पक्राउ गरि अनुसन्धान अगाडि बढिरहेको छ ।

Exit mobile version