Site icon Our Belaka

कोशी टप्पुमा घुम्ने क्रममा सिसौको रुख ढल्दा स्कुटीमा सवार तामाङको मृत्यु

कोशी टप्पुमा घुम्ने क्रममा सिसौको रुख ढल्दा स्कुटीमा सवार तामाङको मृत्यु
सुनसरीको बराहक्षेत्र नगरपालिका ९ कोशी टप्पु वन्य जन्तु आरक्षणमा घुम्ने क्रममा प्र. १.०२- ०४४ प ६६८१ न. को स्कुटीमा दक्षिण बाट उत्तर तर्फ जादै गर्दा सुकेको सिसौको रुख अचानक ढल्दा स्कुटी चालक धरान उपमहानगरपालिका ११ बस्ने बर्ष अन्दाजी २८ को धिरज तामाङ लाई रुखले लाग्दा घटनास्थलमै मृत्यु भएको छ र स्कुटी पछाडि सवार सुनसरी बराहक्षेत्र नगरपालिका ५ बस्ने अन्दाजी वर्ष २८ को संगेन्द्र विष्टलाई ढाडमा लागि घाईते भएको हुँदा उपचारको लागि बिराट नर्सिङ होम बिराटनगर लगिएको जिल्ला प्रहरी कार्यलय सुनसरीले जनाएको हो । त्यसैगरी आइतबारनै भक्तपुरको सल्लाघारिमा रुखले बस र स्कुटरलाई किच्दा घटनास्थलमै ३ जनाको मृत्यु भएको हो ।

Exit mobile version