Site icon Our Belaka

बेलकामा करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार एक युवक पक्राउ

करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरले जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार भएका एक युवकलाई पक्राउ गरेको छ । उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्दामा ६ वर्ष कैद सजाय पाएका चौदण्डीगढी नगरपालिका–९ ज्यामिरेका ४० वर्षीय राजेश्वर चौधरीलाई इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाले पक्राउ गरेको हो । 
फरार प्रतिवादी चौधरी ०७१ साल वैशाख २० गते घटनास्थलबाट फरार भएका थिए । उनलाई उदयपुर जिल्ला अदालतले ०७४ साल फागुन २७ गते फैसला गरी ६ वर्ष कैद सजाय सुनाएका थियो। प्रहरीले अदालतको फैसला कार्यान्वयनमा सघाउ चौधरीलाई पक्राउगरि अदालत बुझाएका हुन् ।  

Exit mobile version