Site icon Our Belaka

बेलकाबाट जंगली जनावरको मासुसहित आठ जना पक्राउ

उदयपुरको बेलकाबाट जंगली जनावरको मासुसहित आठ जना पक्राउ

नेपाली सेनाले चित्तलको शिकार गरेको आरोपमा आठ जनालाई पक्राउ गरेको छ। 

उदयपुर बेलका टापुस्थित भागलपुरबाट आठ जनालाई पक्राउ गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले जानकारी दिएको छ। उनीहरूलाई सेनाले बुधबार पक्राउ गरेको हो। 

बुधबार कोशीटप्पु वन्यजन्तु आरक्ष सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारीसहितको संयुक्त गस्ती टोली खटिएको थियो।

गस्ती गर्नेक्रममा श्रीलंका टापुस्थित भागलपुरबाट एक जनालाई चित्तलको मासुसहित पक्राउ गरेको थियो।

उनीमाथि सोधपुछ गरी यसमा अन्य शिकारीहरू समेतको संलग्नता रहेको खुल्यो। 

सूचना पाएपछि संयुक्त गस्ती टोलीले स्थानीयवासीको घरमा खोजी गरेको थियो। त्यहाँबाट थप सात जनालाई नियन्त्रणमा लिएको हो। 

उनीहरूबाट ६३ किलो जंगली जनावरको मासु, दुई वटा भरूवा बन्दुक नाल, एक प्याकेट टिका बारूद प्याकेट, एउटा खुँडा, चार वटा खुकुरी पनि बरामद गरेको हो। 

उनीहरूमाथि थप अनुसन्धान गर्न कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयमा बुझाएको जंगी अड्डाले जनाएको छ। 
 अहिले यश क्षेत्र सप्तकोसी नदिले कटान गरि प्रभावित क्षेत्र भएको छ ।

Exit mobile version