NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा सप्तकोसी बाढिपिडितलाई भेट्न मुख्यमन्त्री सहितको टोलि

1 Mins read

प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई, आर्थिक मामिलामन्त्री इन्द्रबहादुर आङ्बो र आन्तरिक मामिलामन्त्री केदार कार्की स्वयम्ले बाढी पीडितहरुकै मेसको खाना खाए । ‘हामीलाई प्रदेश सरकारबाट राम्रो खानेकुरा आएको छ’, प्रदेश सरकारप्रति आभारी पीडितहरु भन्दै थिए ‘कुहिएको चामल बाँड्छ अरे भन्थे यहाँ त्यस्तो छैन ।’


बुधबार बाढी प्रभावित क्षेत्रको अवलोकनपछि मुख्यमन्त्रीसहितका मन्त्रीहरु आकस्मिक रुपमा मेस प्रवेश गरेका थिए । उनीहरु प्रवेश गरेपछि खानाका लागि अनुरोध गरे । मेसमा खटिएकाहरुले ८–१० जनाका लागि सधैं बढी पाक्ने बताएपछि मुख्यमन्त्री र मन्त्रीहरु खान बसे । रहर दाल तथा आलु र सोयाबिनको तरकारीसँग उनीहरुले मेसमै खाना खाएका थिए ।

सप्तकोसी नदी गाँउमा पस्दा विस्थापित बनेकाहरुमध्ये धेरै अझै घर फर्कन सकेका छैनन् । उदयरपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेबाट साउन १८ गते कोशी वस्तीमा पसेपछि बिस्थापित बने ३ सय भन्दा बढी अझै घर जान नसकेका हुन् । वडा नंं ३, ५, ८ र ९ का दुई हजार पाँच सय परिवार विस्थापित भएका थिए ।


उनीहरूमध्ये दुई हजार परिवार घर फर्किएपनि सय परिवारका ३ सयभन्दा धेरै अझै घर फर्कन नसकेको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले बताए । बेलका नगरपालिका वडा नं. ८ को सेतीखोला ३ कन्तेचौरीमा नगरपालिकाले बाख्रा थुन्न बनाएको भवन र बेलका क्याम्पसमा विस्थापितहरु बसिरहेका छन । खोलामा पानीको सतह घटे पनि बेलका ३ को एविसी टापुमा पानी पसिरहेकाले उनीहरुलाई घर पठाउन समस्या भएको मेयर कार्कीले बताए ।

मुख्यमन्त्री राईसहितको सरकारी टोलीसँग वाढी पीडितहरुले दिर्घकालीन समाधान खोज्न माग गरेका छन् ।

१८ गते साउन सप्तकोसी फुटेर गाउँ प्रवेश गरेपछि केन्द्र सरकार देखि प्रदेश सरकारका मन्त्रीहरुको ब्यापक उपस्थित भएको देखिन्छ । केन्द्र सरकारका परराष्ट्रमन्त्री नारायण खड्का ,उर्जा सचिव सागर राई , प्रदेश सरकारका उर्जा मन्त्री रामकुमार राई ,भौतिक योजना मन्त्री हिमाल कार्की , सूचना तथा संचार मन्त्री उपेन्द्र घिमिरे ,प्रदेश उपसभामुख सरस्वती पोख्रेल लगायत विशिष्ट ब्याक्तीहरुको स्थलगत अनुगमन भैसकेको भ्य पनि आउदै जाँदै गरेको स्थानीय पीडितको लागि भनेजस्तो राहत तथा बाध बाध्नको लागि केही नभएको गुनासो आएको हो ।
अहिलेसम्म सम्म केन्द्र सरकारले राहतको प्याकेज घोषणा गर्न सकेको छैन एक पीडितवासिले भने ।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *