केन्द्रिय सरकारले सप्तकोसी नदीको बाढी प्रभावित क्षेत्रलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
यही साउन २६ गते बसेको मन्त्रिपरिषद् बैठकले सप्तकोसीको बाढीले बढी क्षति पुर्याएको भौगोलिक क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरेको हो ।
यही साउन १८ गते बिहान सप्तकोसीमा बाढी आएपछि एउटा भंगालो कटान गरी बस्तीमा पसेको थियो । नदी गाउँमा पसेपछि उदयपुरको बेलका नगरपालिका र सुनसरीको बराहक्षेत्र नगरपालिका क्षेत्र प्रभावित भएका थिए ।
सप्तकोसीले कटानबाट तटीय क्षेत्रका १५ हजार बढी नागरिक प्रभावित भएका छन् । बर्खा नसकिएकोले तटीय क्षेत्रमा जोखिम कायम छ । अझैसम्म पनि प्रभावित जनता गाउँ फर्किन सकेको छैनन ।
कटान हुने बित्तिकै केन्द्र सरकारका परराष्ट्रमन्त्री नारायण खड्का ,उर्जा सचिव सागर राई आएर स्थलगत अनुगमन गरेको हुन ।


