Site icon Our Belaka

जे.बि टुहुरेको सम्झनामा प्रचण्ड धरान आउने -भब्य साङ्गितिक कार्यक्रम हुने

जे.बि टुहुरेको सम्झनामा प्रचण्ड धरान आउने -भब्य साङ्गितिक कार्यक्रम हुने
प्रगतिशिल, साहित्यिक र सास्कृतिक आन्दोलनमा सामाजिक रुपान्तरण र राजनितिक आन्दोलनको एउटा बहुआयामिक व्यक्तित्व जनगायक जेवी टुहुरे हुनुहुन्छ । जीवनको उत्तरार्धमा उहाँले उपनाउनु भएको पार्टी तत्कालिन नेकपा माओवादी हो ।

लामो समय एमालेमा रहेर राजनिति गर्नुभएका टुहुरे तत्कालिन नेकपा माओवादी शान्ति प्रकृयामा आएपछि नेकपा माओवादीमा लाग्नुभएको थियो । स्वयम् प्रचण्डले समेतले अभिभावक मान्नु भएको टुहुरेलाई नेकपा माओवादीले संविधानसभा सदस्यसमेत बनाएको थियो । ‘सामाजिक रुपान्तरणको एक अभियान्ता हो । त्यो रुपमा संबिधान सभामा लाने कुरामा एउटा वर्ग, एउटा समुदाय, एउटा तप्का र एउटा इतिहासलाई सम्मान गर्ने कुरा हो र संबिधान निर्माणमा उहाँजस्तो व्यत्तित्वको भुमिका महत्वपूर्ण हुन्छ भन्ने ठानेर नै लगियो ।’

प्रचण्डले तत्कालिन समयमा बताउँनुभएको थियो । भदौ १० गते नेपाली राजनिति तथा सांस्कृतिक क्षेत्रले टुहुरेलाई गुमाएको पनि एक बर्ष पुग्दैछ । त्यही दिन जनगायक टुहुरेको सम्झनामा जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम-२०७९ धरानमा हुँदैछ । जसको प्रमुख अतिथिको रुपमा पुर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ धरान जाुनहुँदैछ । ‘हाम्रो प्रस्ताव सुन्ने वितिकै प्रचण्ड खुसी हुनुभयो, माओवादी केन्द्रले अभिभावकसमेत मानेको जेवी टुहुरेको स्मृति कार्यक्रममा आउने वाचा दिनुभयो’ जेवी टुहुरे फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरे आवर बेलकालाई बताउँनुहुन्छ ।

जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रममा नेपालका डेढ दर्जन भन्दा बढि स्थानिय तथा चर्चित गायक गायिकाहरूले जेबी टुहुरेकै गीत गाएर जनगायक जेबी टुहुरेलाई सम्मान गर्नुहुनेछ । धरानको मुख्य चोक भानुचौकको खुल्ला मञ्चमा आयोजना हुन लागेको कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ, गायक तथा संगीतकार चेतन सापकोटा, हास्य कलाकार सुबोध गौतम, शम्भु श्रेष्ठ, नन्दकृष्ण जोशी, जीवन शर्मा, भीषण मुकारुङ, बाबु बोगटी, प्राश्ना शाक्य, रुपक डोटेललगायत कलाकारको प्रस्तुति रहने जनाइएको छ ।

कार्यक्रममा टुहुरेका सांस्कृतिक योगदानवारे प्रकाश पार्ने, टुहरेका वर्गीय मुक्ति आन्दोलनका गीतहरूलाई नयाँ पुस्तामाझ परिचित गराउने, जनपक्षीय सांस्कृतिक आन्दोलनमा समर्पित कलाकारहरूको हौसला प्रदान गर्न उद्देश्य रहेको जेवी टुहुरे फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरे बताउँनुहुन्छ ।

जनवादी गीत गाएर जनमानसमा बस्न सफल हुनुभएका टुहुरेका दर्जनौं जनवादी गीतहरू वामपन्थी राजनीतिक वृत्तमा आजसम्म पनि घन्किरहेको छ । खासगरी, मुक्ति, स्वतन्त्रता र जागरणका गीतहरू गाउने टुहुरे नेपाली जनवादी गायनका धरोहर मानिन्छन् । उहाँका गीतहरूमध्ये ‘आमा दिदी बहिनी बहिनी हो’, ‘कति बस्छौ दासी भई’, ‘बसाई हिँड्नेको ताँती’लगायत आजसम्म पनि चर्चित छन् ।

Exit mobile version