उदयपुर जिल्लास्तरीय रग्बी खेलाडी छनौट प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।उदयपुरको कटारी नगरपालिकामा उदयपुर जिल्लास्तरीय रग्बी खेलाडी छनौट प्रतियोगिता कार्यक्रम सम्पन्न भएको छ ।
पोखरामा हुन लागेको ”नौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९’‘ मा उदयपुरको कटारिमा पहिलो रग्बी खेलाडी छनौट गरिएको हो ।
पुरुष तर्फबाट १० जना एक जना अतिरिक्त सहित ११जना रग्बी खेलाडीहरुको छनौट गरिएको रग्बी खेलका प्रशिक्षक श्रीकुमार घिमिरेले आवर बेलका मिडियालाई वताए ।

छनौट कार्यक्रमको आयोजना भने कटारी नगरपालिका -२ स्थित स्थानीय पार्कको खेलमैदानमा नेपाल रग्बी संघ, उदयपुर र जिल्ला खेलकुद विकास समिति, उदयपुरको सयुक्तमा रहेको थियो ।
नेपाल रग्बी संघ, प्रदेश नम्बर १, अध्यक्ष विनोद कटवाल प्रमुख अतिथि रहेको कार्यक्रममा जिल्ला खेलकुद बिकास समिति सदस्य सरिता राई ,राजनीतिककर्मी हिराजङ राई ,बुद्धिजीवी ,समाजसेवी सुमन सागर खतिवडा ,पत्रकार अभि लामिछाने , विभिन्न ब्यक्तीको समेत उपस्थिति रहेको थियो ।
‘रग्बी खेल मनोरञ्जन मात्र नभएर व्यक्तित्व, क्षमता बृद्धि र जिवीको पार्जन गर्न सक्ने खेल समेत भएको प्रमुख अतिथि कट्वालले भन्नु भयो ।’
उनले भने, ‘रग्बी खेल विकासका लागि स्थानीय पालिका सरकारहरुले समेत यस खेलको विकासमा सहयोग पुर्याउनु पर्ने वताए ।’

कार्यक्रममा नेपाल रग्बी संघ उदयपुर जिल्ला अध्यक्ष भरत घिमिरेको अध्यक्षत्वमा सम्पन्न भएको थियो ।


