OURBELAKA22@GMAIL.COM
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
  • हाेमपेज
  • समाचार
  • अन्तर्वार्ता
  • मनाेरञ्जन
  • विचार
  • अर्थ
  • फाेटाे फिचर
  • विविध
    • भिडियाे
No Result
View All Result
Our Belaka
No Result
View All Result

बेलका नगरपालिकामा एकैपरिबारको तीन जनाको हत्या ?

आवर बेलका by आवर बेलका
September 3, 2022
in समाचार
बेलका नगरपालिकामा एकैपरिबारको तीन जनाको हत्या ?
334
SHARES
Share on FacebookShare on Twitter

उदयपुरको बेलका नगरपालिका वार्ड न -७ गोवाटार वाबिङ माननेतामा भएको एकैपरिवारको तीनजनाको हत्या भएको छ ।
घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका नरबहादुर बस्नेतसँग प्रारम्भिक सोधपुछपछि प्रहरीले हत्याको कारण सामान्य विवाद देखिएको बताएको हो । बेलका नगरपालिका– ७ गोवाटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षकी सरिता बस्नेत र १२ वर्षका छोरा सुजन बस्नेत मृत अवस्थामा भेटिएका थिए ।

जिल्ला प्रहरी कार्यालय, उदयपुर स्रोतका अनुसार पक्राउ परेका नरबहादुरले मृतक राजुकमारकी श्रीमती सरिता दुई/तीन वर्षदेखि आफ्नो सपनामा आएर दुःख दिने गरेको बयान दिएका छन् । ‘शुक्रबार जंगलमा घाँस काट्न गएका बेला उनले त्यसबारे राजकुमारलाई बताएछन्’ एक अनुसन्धान अधिकृतले भने, ‘उनले सरितालाई बोक्सी लागेको हुनसक्ने बताएपछि विवाद भएको देखिन्छ ।’

प्रहरीका अनुसार नातेदार समेत रहेका नरबहादुरले श्रीमतीलाई बोक्सी भनेपछि उनले ‘आजको समयमा पनि यस्तो हुन्छ’ भन्दै हप्काएका थिए । ‘मलाई पुलिसलाई भन्दिन्छु, मुद्दा लाइदिन्छु भन्दै थर्काउन थाल्यो’, नरबहादुरको बयान छ, ‘त्यसपछि घाँस काट्न लिएर गएको खुकुरीले हानेँ ।’

उनीहरुबीच सामाजिक ,राजनीतिक ,पारिबारिक अरु कुनै रिसिइबी पनि थियो कि भन्ने बारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ । तर प्रारम्भिक सोधपुछमा घटनाको कारण यही देखिएको छ ।

प्रहरीका अनुसार उनले जंगलबाट घाँस काट्न लगेको खुकुरीले सुरुमा श्रीमान् राजकुमारलाई हानेका थिए । त्यसबेला उनी कुलोबाट खेतमा पानी लगाउँदै थिए । श्रीमती पनि खोला छेऊमा थिइन् । श्रीमान्को हत्यापछि उनले श्रीमती सरितालाई पनि हत्या गरेको पाइएको प्रहरीले जनाएको छ ।


पछि १२ वर्षका छोरा सुजन बस्नेतलाई देखेपछि उनलाई पनि खुकुरी प्रहार गरेको पाइएको अनुसन्धानमा संलग्न अधिकृतहरु बताउँछन् । तीनैजनाको शव हेर्दा धेरै पटक खुकुरी हानिएको देखिएको प्रहरी बताउँछ । शवलाई पोष्टमार्टमका लागि राती १ बजे नै पठाइएको छ।
श्रीमान र श्रीमती र छोराको शब भएको ठाउ ५०० मिटर को अन्तरालमा देखिन्छ । मृतक राजकुमार बस्नेत घाँस लियर आउदै गर्दा बाटो कुरेर हत्या गरेको देखिन्छ । त्यस्तै मृतकि श्रीमती र छोरा पनि घाँस बोकेर आउदा खोला तर्ने बेलामा हत्या गरेको देखिन्छ ।
मृतककि छोरिको भनाइ अनुसार गत फागुनमा हजुरआमा पर्नेलाई समेत मार्न झम्टिएको थिए नर बहादुर बस्नेतले।

मृतक राजकुमार बस्नेत र उहाकी श्रीमती सरिताको अहिले दुई छोरी छ्न । एक जना तिनमा एक जना एकमा पढ्दै गरेको छ्न।

Tags: बेलकाहत्या मैनामैनि
Previous Post

उदयपुरको निर्वाचन क्षेत्र न -१ बाट डाक्टर नारायण खड्का सहित ८ जनाको नाम सिफारिस

Next Post

कोसीको धार रोक्न जनताले बाध बाधिएको भनिएको ठाउँमा सरकारले दियो एक करोड

Related Posts

समाचार

शिलापत्रकर्मी कुँवरलाई राष्ट्रिय डिजिटल मिडिया युवा पत्रकारिता अवार्ड 

by आवर बेलका
March 26, 2025
बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह
समाचार

बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह

by आवर बेलका
March 22, 2025
ऋण मिनाहा हुन्छ भन्नु अफवाह मात्र हो बराहक्षेत्र नगर प्रमुख कार्की
समाचार

ऋण मिनाहा हुन्छ भन्नु अफवाह मात्र हो बराहक्षेत्र नगर प्रमुख कार्की

by आवर बेलका
March 10, 2025
Uncategorized

रामधुनि सामुदायिक वन उपभोक्ता समिति अध्यक्षमा किराति

by आवर बेलका
February 19, 2025
घर भित्र मात्र हैन समाज परिवर्तनमा पनि महिला आवश्यक
समाचार

घर भित्र मात्र हैन समाज परिवर्तनमा पनि महिला आवश्यक

by आवर बेलका
December 11, 2024
Next Post
सप्तकोसी नदि गाउँ पस्यो हजारौं जनता विस्थापित

कोसीको धार रोक्न जनताले बाध बाधिएको भनिएको ठाउँमा सरकारले दियो एक करोड

Discussion about this post

लाेकप्रिय

    भर्खरैका समाचार

    Uncategorized

    दलिय राजनितिको सिकारमा धार्मिक क्षेत्र

    by आवर बेलका
    May 1, 2025
    0

    कोशी प्रदेशका प्रमुख दुई धार्मिकस्थल—खोटाङको हलेसी महादेव र सुनसरीको बराहक्षेत्र—को विकास समितिमा सत्तारूढ दलहरूबीच दलीय भागबन्डाका आधारमा पदाधिकारी नियुक्त गरिएको...

    Read more

    महुलि लघुवित्त वितिय संस्था बुटवल शाखा द्वारा अचार बनाउने तालिम सम्पन्ह

    May 1, 2025

    शिलापत्रकर्मी कुँवरलाई राष्ट्रिय डिजिटल मिडिया युवा पत्रकारिता अवार्ड 

    March 26, 2025
    बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह

    बुटवल शाखा द्वारा केन्द्र प्रमुख गोष्टि सम्पन्ह

    March 22, 2025
    ऋण मिनाहा हुन्छ भन्नु अफवाह मात्र हो बराहक्षेत्र नगर प्रमुख कार्की

    ऋण मिनाहा हुन्छ भन्नु अफवाह मात्र हो बराहक्षेत्र नगर प्रमुख कार्की

    March 10, 2025
    Facebook

    हामी

    बेलका मिडिया प्रालिद्वारा सञ्चालित आवर बेलका डिजिटल अनलाइन पत्रिका हो । हामी सत्य, तथ्य र निष्पक्ष समाचार सम्प्रेणका लागि सधै प्रतिवद्ध छौँ । तपाईको सल्लाह सुझावको हामी सधै अपेक्षा गर्दर्छौ । कुनै पनि सल्लाह, सुझाव वा हामीसँग सम्बन्धित जिज्ञासा भए सिधैं हामीलाई सम्पर्क गर्न सक्नु हुनेछ ।

    हाम्रो टिम

    बेलका मिडिया प्रा.ली.
    सम्पर्क ठेगाना : बेलका नगरपालिका ९, उदयपुर
    अध्यक्ष : भरत घिमिरे (Bharatghimire22@gmail.com)
    सम्पादक : विजय कुमार राउत (९८६२०३४२५१)
    कार्यकारी सम्पादक : सुमन सागर खतिवडा
    वरिष्ठ संवाददाता: उद्धव पौडेल
    इमेल : Ourbelaka@gmail.com
    टेलिफोन – ०३५-४३०००३
    मोबाइल नम्बर – ९८५२८३६६८८

    दर्ता

    सुचना विभाग दर्ता नम्बर – ३५००/ २०७८/७९

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).

    No Result
    View All Result
    • हाेमपेज
    • समाचार
    • अन्तर्वार्ता
    • मनाेरञ्जन
    • विचार
    • अर्थ
    • फाेटाे फिचर
    • विविध
      • भिडियाे

    © 2020 Ourbelaka Media (P) Ltd । OURBELAKA । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना (Sunsari).