उदयपुरको क्षेत्र नम्बर १ (क) प्रदेश सभा सदस्यका लागि नेकपा माओवादी केन्द्रका नेता रमन भट्टराई आगामी मंसिर ४ गते हुने चुनाबको लागि सिफारिस भएको छ्न । भट्टराई अहिले नेकपा माओवादी केन्द्रको एक नम्बर प्रदेश सदस्य छ्न ।अघिल्लो कार्यकालमा बेलका नगरको मेयरमा उठेका भट्टराई थोरै मतले पराजित भएको हुन ।भट्टराई माओवादी उदयपुरका चर्चित युवा नेता हुन् ।
स्वच्छ र मिलनसार छवी बनाएका भट्टराईले प्रदेश सभामा सत्तारुढ पाँच दलीय गठबन्धनबाट चुनाव लड्नका लागि सिफारिस भएको हुन ।भट्टराई सगै मणि खम्बु ,राजन किराँती “बासु” ,मनोज तामाङ सिफारिस भएको हुन ।
भट्टराई बेलका र चौदण्डी नगरपालिकाका युवा माझ लोकप्रिय छन् । पहिलो पटक भएको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बनेका भट्टराई एक्लाएक्लै लड्दा पनि राम्रै मत ल्याएका थिए । चुनावमा जित हासिल नगरे पनि गाउँमै समाजसेवा र पर्यटन व्यवसायमा भट्टराई सक्रिय छन् ।
सप्तकोशीमा स्ट्रिमर चलाउनेदेखि वेलकामा पहिलो सुविधा सम्पन्न रिसोर्ट भट्टराईले सञ्चालनमा ल्याएका थिए । शासन सत्तामा पुराना पुस्ता होइन युवा हुनुपर्छ भन्दै भट्टराई युवाको पक्षमा वकालत गर्दै आएका छन् अर्थशास्त्रमा स्नातकोत्तर गरेका भट्टराई बालक देखि वृद्ध सम्मले मन पराउने नेतामा पर्छ्न । भट्टराई बेलका नगरपालिकामा ग्रामीण बिधुतिकरण लाई अगाडि बढायर बेलकामा बिजुलि बत्तिको बिस्तारको लागि अहम भुमिका खेलेको छ्न ।यो पटक सबै राजनीतिक दलले भट्टराई उम्मेद्बार बन्न पर्छ भन्ने आवज बुलन्द राख्ने गरेको छ्न ।
भट्टराई आफैले अगाडि बढेर बेलकामा स्नातक अध्यन गर्ने बेलका जनता क्याम्पसको स्थापना गरेर आफै नेतृत्वमा बसेर अहिले संचालन गरिरहेको छ्न ।


