Site icon Our Belaka

उदयपुरको बेलकामा जंगली हात्ती मृत अवस्थामा फेला

उदयपुरको बेलका नगरपालिकास्थित वार्ड न -८ सिशौली कोशी टप्पु क्षेत्रमा जंगली हात्ती मृत अवस्था फेला परेको छ । एउटा वयस्क जंगली भाले हात्ती फेला परेको हो। 

५ बर्ष अगाडि पनि एउटा भाले हात्ती मृत वयस्क अवस्थामा कोशी टप्पु क्षेत्रको जंगल भेटिएको हो ।
पेशेवार शिकारीका गिरोहले हात्तीलाई खाने कुरामा विष हालेर दिएपछि बेहोस हुँदै सिसौलीको जंगलमा आएर मरेको अवस्थामा फेला पारिएको थियो । 


मृत्यु भएको हात्तीको दाँत र पुच्छरसमेत आधुनिक मेसिन प्रयोग गरेर काटेर लगेका कारण हात्तीलाई पेशेवार सिकारीको गिरोहले मारेको जिल्ला वन कार्यालयसहित क्षेत्रीय वन कार्यालयका पदाधिकारीले अनुसन्धानमा फेला पारेको जानकारी गराइएको हो

हात्ती विष सेवनका कारण छटपट्टिदै कोशी टप्पु क्षेत्रबाट तीन किलोमिटरभित्र सिसौलीको जंगलमा आएर ढलेको अनुमान तत्कालीन अवस्था गरिएको हो ।

करिब २५ वर्ष जति पुगेको उक्त भाले हात्तीको दुबै दाँत मेसिन प्रयोग गरेर काटिएको अवस्थामा फेला पारिएको थियो । सिसौली वन क्षेत्रको छेउमा सशस्त्र प्रहरीको बेसक्याम्प छ भने दक्षिण पूर्वतर्फ स्थानीयवासीको बसोवास रहेको क्षेत्रमा पनि हो ।
अहिले मृत अवस्थामा भेटिएको हात्तीको भने दार्हा काटिएको छैन । के कति कारणले मरेको कोशी टप्पु बन्यजन्तु आरक्षण र सम्बन्धि सरोकारवाला निकायले विधि अनुसन्धान बाट पत्ता लाउने नै छ्न।

Exit mobile version