तरुण दलको आयोजनामा फुटसल खेल भएको छ । १०९ औ विपि स्मृती दिवशको अबसर पारेर तरुण दल उदयपुरमा आबद्ध युवाहरुले फुटसल खेल खेल्दै मनाएका छन् । तरुण दल केन्द्रिय समितिको परिपत्र अनुसार विपि स्मृति दिवसमा प्रत्येक जिल्ला कमिटीले सिर्जनात्मक काम गर्न आग्रह गरे बमोजिम जिल्लाको सदरमुकाम गाइघाटमा फुटसल आयोजना गरिएको तरुण दल उदयपुरका उपाध्यक्ष पर्वत दाहालले बताए ।तरुण युवाहरुलाई स्वस्थ र अनुशासित हुनु पर्छ भन्ने सन्देश दिनको लागि मैत्रीपूर्ण फुटसल खेल खेलेको हो। युवाहरुलाई विभिन्न दुर्वेशनी बाट टाढा राख्न पनि सिर्जनात्मक काममा उत्प्रेरित गर्नु पर्ने उपाध्यक्ष दाहालले बताए ।
बेलका नगरपालिका, चौदण्डिगढी नगरपालिका, त्रियुगा नगरपालिका र उदयपुरगढी गाउँपालिकाका युवाहरु सहभागी भएर फुटसल प्रतियोगीता खेलेका हुन् ।


