काठमाडौंको त्रिचन्द्र क्याम्पसमा नेविसंघ र प्रहरीबीच ढुंगा हानाहान भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलो गरेको भन्दै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ता र प्रहरीबीच आज बिहान १० बजे ढुंगा हानाहान भएको हो ।
नागरिकता विधेयक प्रमाणीकरण गर्न ढिलाइ गरेको भन्दै नेविसंघले राष्ट्रपति भण्डारीको पुत्ला दहनसमेत गरेको छ । सो क्रममा प्रहरीले हस्तक्षेप गरेको भन्दै नेविसंघले ढुंगा प्रहार गरेको हो ।