सुमन सागर/
तीब्र गतिका कारण दुर्घटना बढ्न थालेपछि दुर्घटना न्यूनिकरण गर्न ईलाका प्रहरी कार्यालय रामपुरको टोलि राडर गनसहित ट्राफिक प्रहरी राजमार्गमा खटिएको छ।
अत्याधिक गतिमा सवारी चलाउँदा हुन सक्ने दुर्घटना नियन्त्रण गर्न राडर गन (स्पीड जाँच गर्ने लेजर गन मेसिन) प्रयोग गर्दै चेक जाँच थालिएको हो ।
बेलकामा भएको दुर्घटना मध्ये ८० प्रतिशत दुर्घटना तीब्र गतिका कारण हुने गरेको तथ्याङक देखिएको छ । उक्त दुर्घटनामध्ये अधिकांश चतरा रुपनगर सडक खण्डमा तीब्र गतिका कारण हुन थालेपछि दुर्घटना न्यूनिकरण गर्न चेकजाँचमा नयाँ प्रविधि प्रयोग गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक सुभाष खनालले बताए ।
‘चाडवाड नजिकिए सङै ट्राफिक प्रहरीले चेक जांचलाई कडाई गरेको हो।
दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने अपेक्षासहित अहिले मदन भन्डारी राजमार्गको सडकमा अभियान केन्द्रित छ । यसलाई अन्य राजमार्गमा पनि लैजाने कार्यालयको योजना छ । हामीले प्रयोगमा ल्याएको राडर गन विशेष किसिमको अत्याधुनिक छ । यसले परैबाट आइरहेका तीव्र गतिका सवारी साधनबारे तत्काल संकेत दिने र ३ सय समटरमा आएपछि गति मापन गर्छ । त्यस्तो गाडी तीब्र गति छ भने सय मिटरको दुरीमा आएपछि नम्बर सहितको सवारीसाधनको फोटो खिचिन्छ । मेसिनकै सहायताले ओभर स्पीडका त्यस्ता सवारीसाधन रोकेर सम्झाई बुझाई गरी कारबाहीको दायरामा ल्याउने गरेको अस्थायी ट्राफिक प्रहरी कार्यालय रामपुरका प्रमुख भेष बहादुर थापाले बताए ।

कुन गाडी कति गतिमा गुडेको छ त्यसले गनमा अंक देखाउँछ र तस्बिर पनि खिच्ने भएकोले तत्काल स प्रमाणसहितको चिट दिई कारबाही गर्न पनि सहज हुन्छ।आज पहिलो दिन भएकाले सम्झाई बुझाई गरेका छौ। ट्राफिक प्रहरी प्रमुख थापाले बताए । राडार गनले सवारीको गति नापेर हेर्दा प्रतिघण्टा एक सय किलोमिटरसम्मको गतिमा सवारी कुदेको देखिएको छ, तीब्र गतिमा अधिकांश निजी कारहरु रहेका छन भने , मोटरसाइकल पनि रहेका छन् ।
‘ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनिकरण गर्न अस्थायी ट्राफिक कार्यालयले विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालकसँग ट्राफिक प्रहरी, चालकसँग एक मिनेट, अन द स्पट कारवाही, आफु बचौँ अरुलाई बचाऔं, नम्बर प्लेट सुधार, सवारी साधनलाई परिवर्तन गरी ध्वनी प्रदूषण गर्नेलाई कारवाही छाडा पशु र सवारीसाधनमा रिफलेक्टर लगायतका अभियान बेलका ट्राफिक प्रहरीले कार्यान्वयन गर्दै आएको छ ।


