Site icon Our Belaka

सहयोगि बचत तथा ऋण सहकारी संस्थाको १३ औं बार्षिक साधरण सभा सम्पन्न

सुमन सागर
बेलका नगरपालिका वडा नं ९ मा रहेको सहयोग बचत तथा ऋण सहकारी संस्थाको शुक्रवार १३ औं बार्षिक साधरण सभा सम्पन्न गरेको छ।
कोशी जनता मा बि को प्राङ्गणमा भएको कार्यक्रममा प्रमुख अतिथि बेलका नगरपालिका नगर प्रमुख अशोक कार्किले पानसमा बत्ती बालेर कार्यक्रम उद्घाटन गरेका हुन।

कार्यक्रममा संस्थाको बार्षिक प्रतिवेदन सस्थाका अध्यक्ष पुष्पराज सुबेदिले पेस गर्नु भएको थियो।लेखा परिक्षण प्रतिबेदन सस्थाका लेखा समिती संयोजक मोहन प्रसाद घिमिरेले पेस गरेका हुन।

संस्थामा हाल सम्म ३५ सय ९४ जना सदस्य हरेका छन ।संस्थाको हालसम्म्को सेयर पुजि २ करोड २४ लाख ३८ हजार ३ सय रहेको छ।संस्थाको हालसम्मको बचत १६ करोड ६७ लाख २२ हजार २ सय २४ रहेको छ।

कार्यक्रममा प्रमुख अतिथी बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीले सहयोगि साकोसले बिगत देखि नै धेरै राम्रा काम गर्दै आएको बताए। सहकारिमा स्थानीय मानिसलाई समेटेर बित्तिय कारोबारमा अग्रसर बनाउनु सबैको दायित्व हो। सहकारी मार्फत स्थानीय बासिलाई उत्पादनमा लगाउन सके आय स्तरमा वृद्धि हुने मेयर कार्कीले बताए।नगर बाट सहकारी लाई प्रदान गरिने अनुदान , तालिम जस्ता कुराहरु नगर बाट प्रदान गरिने समेत बताए।

सदस्यको आयस्तर मापन गरि ऋण लगानी गर्दा संस्था घाटामा नजाने र संस्थाको दिगो बिकास गर्न सदस्यलाई बचत गर्न प्रोत्साहन गर्न विभिन्न कार्यक्रम सन्चालन गर्नु पर्ने बेलका नगरपालिका उप प्रमुख जिरा राईले बताइन।

संस्थाले सामाजिक उतरदायित्व अन्तर्गत न्यानो कपडा बितरण, रक्तदान कार्यक्रम , सरसफाई, जेष्ठ नागरिक भ्रमण जस्ता कार्यक्रम सन्चालन गर्दै आएको छ।

कार्यक्रममा ,नेफस्कुन पुर्व कोषाध्यक्ष केशब पोख्रेल , वडा अध्यक्षहरु वसन्त मगर,पदम खड्का र संस्थाका सदस्यको उपस्तिथि रहेको थियो। कार्यक्रमको सन्चालन संस्थाका सचिब दमन कट्वालले गरेका हुन।

Exit mobile version