Site icon Our Belaka

उदयपुर निर्वाचन क्षेत्र नम्बर २ एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित

उदयपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित भएका छन्। उनले नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव जगन्नाथ खतिवडालाई २ हजार ३५८ मतान्तरले पराजित गरेका हुन्।

रायमाझीले १५ हजार २५१ मत पाएका छन् भने उनका प्रतिस्पर्धी खतिवडाले १२ हजार ८९३ मत ल्याए। स्वतन्त्र उम्मेदवार रामकुमार राईले १० हजार ३७९ मत पाए। उनी कांग्रेसका बागी उम्मेदवार हुन्।

Exit mobile version