NEW!Breaking news - U.S., China Move on From Year of the Spat: Global Economy Week ! Read More
समाचार

बेलकामा शुरु भयो निशुल्क सल्यक्रिया सहितको आँखा सिबिर

1 Mins read

सुमन सागर
बेलका नगरपालिकाले सबै नागरिकको आँखा स्वास्थ्य राख्ने उदेश्यले निशुल्क सल्यक्रिया सहितको आँखा सिविर सन्चालन गरेको छ।
शिबिरको उद्घाटन नगर प्रमुख अशोक कार्की र पुर्व नगर प्रमुख दुर्गा कुमार थापाले संयुक्त रुपमा गर्नु भएको हो।

मेची आँखा अस्पताल झापाको प्राबिधिक सहयोग तथा बेलका नगरपालिकाको आयोजनामा सन्चालित सिविर ३ दिन सम्म सचालन गरिने छ।

पहिलो दिन सिबिरमा ३ सय २७ जनाले आँखा चेकजाँच गराएका छन भने १ सय ७ जनाको निशुल्क अप्रेसन र ७० जनालाई चस्मा प्रदान गरिएको सामाजिक शाखा प्रमुख गोपाल निरौलाले जानकारी दिए।

सिविरको उद्घाटन गर्दै नगर प्रमुख अशोक कार्कीले बेलका नगरपालिकामा आखाको उपचार बाट कोहि नागरिक बन्चित नगराउने उदेश्यले शिबिर सन्चालन गरिएको बताए। हरेक बर्ष सिविर सन्चाल हुँदै आएको छ। प्रत्येक बर्ष निशुल्क सल्यक्रिया , चस्मा बितरण, औषधि बितरण गरेका छौ। सन्सार हेर्ने महत्त्वपूर्ण अंग आँखा भएकोले सम्पुर्ण नागरिकलाई आँखा चेक जाँच गराउन नगर प्रमुख कार्किले आग्रह गर्नु भएको छ।
बेलका नगरपालिकाले निशुल्क प्रत्येक बिधालयका बिद्यार्थीको आँखा चेक गराएको छ। मेची आँखा अस्पताल झापाको सहयोगमा बेलका नगरपालिकामा आँखा अस्पताल स्थापना गरि बिगतका बर्ष देखि सेवा दिदै आएको मेयर कार्किले बताए।

सिविरमा भिडभाड नगरी सबैले सभ्य भएर सेवा लिन बेलका नगरपालिका पुर्व नगर प्रमुख दुर्गा कुमार थापाले आग्रह गरेका छन।
आँखा जस्तो महत्त्वपूर्ण अंगलाई सुरक्षीत राख्न समय समयमा चेक जाँच गर्न आग्रह गर्दै सिविरमा बिशेश भुमिका खेल्ने मेची आँखा अस्पताललाई थापाले धन्यवाद दिनु भएको हो।

बिगतका बर्ष देखि स्थानिय स्तरमा सेवा दिन पाउँदा निकै खुशी लागेको मेची आँखा अस्पताल आउटिस्ट अफिसर कबिता कार्किले बताइन। सिविर भन्दा बाहेक कोहि कसैलाई मितिया बिन्दु भएमा मेची आँखा अस्पतालले सधै सहयोग गर्ने छ। बेलका नगर पालिकाको सहकार्यमा भएको निशुल्क सिविरमा उपस्तिथि सेवा ग्राहिलाई आँखा सम्बन्धी चेतना मुलक कुराहरु समेत अफिसर कार्किले राख्नु भएको हो।

Related posts
समाचार

बुद्ध चोकमा भगवान बुद्धको मूर्ति अनावरण

1 Mins read
रामपुर- बेलका नगरपालिका-३ स्थित बुद्धचोकमा भगवान बुद्धको मूर्ति अनावरण गरिएको छ । बेलका नगरपालिकाका नगर प्रमुख अशोक कार्कीले बिहीबार बुद्ध मूर्तिको अनावरण…
FEATUREसमाचार

मोबाइल पत्रकारितामा बेलकाका युवाको आकर्षण, पाँच दिने मल्टिमिडिया प्रशिक्षणमा २५ युवा सहभागी

1 Mins read
रामपुर– बेलका मिडिया प्रालिको आयोजनामा ५ दिनसम्म आयोजना गरिएको मल्टिमिडिया मोबाइल पत्रकारिता तालिमको सोमबार समापन गरिएको छ । बेलकाका २५ युवा सकृयतापूर्वक…
FEATUREसमाचार

झोलुङ्गे पुलले जोडिँदै चतराधाम र महाङ्काली मन्दिर

1 Mins read
रामपुर– सप्तकोशी नदीले छुट्याएको सुनसरी र उदयपुरका धार्मिक तीर्थ जोड्न झोलुङ्गे पुल लगाइने भएको छ । सुनसरीको चतराधाम र उदयपुरको बेलकातर्फ पर्ने…
Power your team with InHype
[mc4wp_form id="17"]

Add some text to explain benefits of subscripton on your services.

Leave a Reply

Your email address will not be published. Required fields are marked *