Site icon Our Belaka

डा.नारायण खड्काको पहलमा निशुल्क शल्यक्रिया सहित स्वास्थ्य सिविर सन्चालन हुने

डा.नारायण खड्काको पहलमा निशुल्क शल्यक्रिया सहित स्वास्थ्य सिविर सन्चालन हुने

बेलका नगरपालिकामा निशुल्क सल्यक्रिया सहित स्वास्थ्य सिबिर सन्चालन हुने भएको छ। फाल्गुन १४ र १५ गते बेलका नगर अस्पतालमा सिविर सन्चालन हुनेभएको छ।

पुर्व मन्त्री साथै उदयपुर क्षेत्र नं १ का संघीय सांसद डा. नारायण खड्काको पहलमा स्टार हस्पिटल सानेपा ललितपुर र बि पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानले निशुल्क सल्यक्रिया सहित सिबिर सन्चालन गर्ने भएको छ।

शिविरमा युरोप(स्पेन) का मेडिरेट हस्पिटलका बरिस्ठ चिकित्सक द्वारा स्त्रीरोग,बाल रोग, इ एन टि , मुटु रोग, नाक कान घाँटी सम्बन्धी निशुल्क जाँच गर्नुको साथै जटिल रोग र शल्यक्रिया गर्नु पर्ने रोगको स्टार हस्पिटल र बि पि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान घरानमा उपचार गर्ने बेलका नगरपालिका नगर प्रमुख अशोक कार्कीले जानकारी दिनुभयो।
नगर प्रमुख कार्किले सम्पुर्ण बेलका बासी लाई निशुल्क स्वास्थ्य जाँच गर्न समेत अनुरोध गर्नु भएको छ।

Exit mobile version